२२ असार २०८२, आईतवार

 

२ सय महिलाले लिए निःशुल्क स्वास्थ्य शिवीरबाट सेवा

चेतनाको अभावमा महिलाहरुमा बिकराल बन्दै गएको स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । पर्वतको कुश्मामा आयोजना भएको शिवीरमा दुई सय तिन जना महिलाहरुले निःशुल्क स्वास्थ्य परिक्षण तथा पाठेघरको क्यान्सर बारे जानकारी लिएका छन् ।

सिसेफ नेपाल पर्वतको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा उक्त शिवीर सम्पन्न भएको हो । शिवीरको प्रतिनिधि सभाका सदस्य पदम गिरीले उद्घघाटन गरेका हुन । शिवीर उद्घघाटन गर्दै सांसद गिरीले सिसेफले गरेका सचनात्मक तथा सामाजिक कामको प्रशंसा गरे । उनले देशमा नागरिक स्वस्थ रहेमात्र राष्ट्र समृद्ध हुने बताउँदै सबै नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने धारणा राखे ।

ससेफ नेपालका अध्यक्ष थमनारायण पौडेलको सभापतित्वमा भएको उद्घघाटन कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका अध्यक्ष अर्जुन सिग्देल, कुश्मा नगरपालिका –५ का वडा अध्यक्ष चित्रकला शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छबिलाल तिवारी, सिसेफ महिला समूहकी अध्यक्ष इश्वरी पाठक, लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष पुरुषोत्तम आचार्य र लायन्स क्लव अफ कुश्मा सिटीका अध्यक्ष रीतादेवी भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य सिसेफ नेपालका संस्थापक अध्यक्ष टंकनाथ लामिछाने र कार्यक्रमको संचालन सचिव कामना रेग्मीले गरेकि हुन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung