७ जेष्ठ २०८१, सोमबार

 

तिप्ल्याङका आगोलागी पिडितलाई सहयोग

  म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङका आगोलागी पिडितहरुलाई बेगखोला कल्याणकारी समाज पोखराले राहत सहयोग गरेको छ ।

गत शनिबार आगोलागी हुँदा घर जलेर पिडित बनेका बेगबहादुर र राजकुमारी पुर्जालाई एक लाख तिस हजार ७० रुपैया राहत सहयोग गरेको समाजले जनाएको छ । क्षत्तीको आधारभा बेगबहादुरलाई एक लाख र राजकुमारीलाई तिस हजार ७० रुपैया नगद उपलब्ध गराइएको समाजका अध्यक्ष ओमप्रसाद पुर्जाले जानकारी दिनुभयो ।

पुर्जाको नेतृत्वमा समाजका पदाधीकारी र सदस्यहरुको टोली तिप्ल्याङ पुगेर मंगलबार राहत वितरण गरेका हुन् । बेगबहादुर पुर्जाको फर्नीचरमा विद्युत सर्ट भएर आगोलागी हुँदा उहाँको घर, फर्नीचर, कुखुरा फार्म र राजकुमारीको कुखुराफार्म र घरको पछिल्लो भाग जलेर क्षत्ती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्