७ जेष्ठ २०८१, सोमबार

 

बागलुङ महोत्सवको सम्पूर्ण तयारी पूरा,एनआरएन अध्यक्ष भट्टले उद्घाटन गर्ने

शुक्रबारदेखि शुरु हुने पाचौं बागलुङ महोत्सवको सबै तयारी पुरा भएको मेला आयोजक बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ । कला संस्कृतिको संरक्षण कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन भन्ने मुल नारका साथ शुरु हुन गइरहेको प्रदेश नम्बर ४ स्तरीय बागलुङ महोत्सवको तयारी सकिएको हो ।

महोत्सवको पूर्वसन्ध्यामा बुधवार बागलुङ बजार सरसफाइ समेत गरिएको छ । बागलुङ बजारका चोक चोक मा स्वागत गेट, तुल व्यानर राखिएको छ भने महोत्सव हुने स्थान धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणको तयरी पुरा भएको आयोजकले बताएको छ ।

बागलुङ महोत्सवको उद्घाटन गर्न शुक्रबार गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट बागलुङ आउने भएका छन् । आगामी पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटनका लागि भट्ट बागलुङ आउने निधो भएको बागलुङ उद्योग वाणिज्य संघका महासचिव दयाराम पौडेलले बताए ।

महोत्सव उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई ल्याउने तयारी गरिए पनि देशको राजनीतिक परिस्थितीका कारण आउन नसक्ने भएपछि भट्टलाई ल्याउन लागिएको बागलुङ महोत्सव मूल आयोजक समितिका संयोजक एव बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले जानकारी दिए ।

बागलुङबाट ठूलो संख्यामा युवाहरु विदेशमा भएका कारण पनि एनआएरएनए अध्यक्षलाई ल्याउने टुङ्गोमा पुगिएको उनले बताए । एक सातासम्म चल्ने महोत्सवमा दुईलाख दर्शक भित्राउने तथा ५० करोडका आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवका लागि भौतिक संरचना निर्माणका काम सकिएको छ भने एक सय ८२ वटा स्टल बुकिङ भैसकेको छ । स्थान अभावका कारण अब स्टल बुकिङको कार्यक्रम रोकिएको बताइएको छ । जिल्लाको पर्यटन प्रवद्र्धनका लागि लाईट हेलीबाट विभिन्न पर्यटकीय स्थानहरुको अबलोकन गराउने समेत तयारी भैरहेको बागलुङ उद्योग वाणिज्य महासंघका महासचिव दयाराम पौडेलले बताए ।

हेलीबाट दृश्यावोलोकन गर्न चाहानेहरुको अग्रिम बुकिङ शुरु भैसकेको छ,’ पौडेलले भने स्थलमार्गबाट पनि यहा“को पञ्चकोट र भकुण्डे लगायतका स्थानमा जान चाहानेहरुका लागि सवारी साधनको व्यवस्थापन मिलाउ“दैछौं ।

महोत्सवको मुख्य आर्कषणको केन्द्र विन्दु उ“टको नृत्य रहने बताएको छ । महोत्सव अवधिभर ६० जना स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने बताइएको छ । महोत्सवमा बागलुङका मौलिक झा“की प्रर्दशनी, स्थानीय उत्पादनको प्रबद्धन हुने आयोजकको भनाइरहेको छ । मेलामा खुल्ला लोक दोहोरी प्रतियोगिता लाईभ डिजे कन्र्सट तथा भलिवाल र ठेलो समेत हुने आयोजकको दावी छ ।

प्रतिक्रिया दिनुहोस्