४ श्रावण २०८३, सोमबार

 

एकता र आदर्श संचार सहकारी पुरस्कृत

राष्ट्रिय सहकारी बैंक लिमिटेडले प्रदेश नम्बर ४ बाट बागलुङका २ सहकारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने सहकारी संस्थाहरुमा एकता सहकारी संस्था र आदर्श संचार सहकारी रहेका छन । बैंकको काठमाडौंमा आयोजित १४ औं वार्षिक साधारण सभामा वचत तथा ऋण सहकारीहरु मध्येबाट एकता सहकारी संस्था लिमिटेड र सेवा क्षेत्रका सहकारीहरु मध्येबाट आदर्श सञ्चार सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको हो ।

बागलुङ बजारमा आफ्नै भवनमार्फत शेयर सदस्यहरुलाई सेवा दिदै आएको एकता सहकारी संस्थामा हाल ८ सय जना शेयर सदस्य, ६ करोड १४ लाख शेयर रकम रहेको छ । बैंकले सहकारीता विद्वता पुरस्कार डा.गोविन्दराज जोशी तथा सहकारी बैंक पत्रकारिता पुरस्कार सहकारी खबर डट कमका काजी श्रेष्ठलाई प्रदान गरिएको थियो ।

उद्घाटन समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, आएसिएका बोड मेम्मर ओमदेवी मल्ल, नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा.युवराज खतिवडा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षता, सञ्चालक रामबहादुर जिसीको सञ्चालन र रामहरि बजगाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung