नेपाल फेसन आइडल २०१७ को उपाधि बागलुङका सुशान्त श्रेष्ठ र रुस्मिता शाहीले चुमेका छन । उनीहरुले उपाधिसहित जनही एकएक लाख नगद पुरसकार पनि प्राप्त गरेका छन । सुशान्तले बेस्ट फिजिक्सको उपाधि जितेका छन । सुशान्त श्रेष्ठ बागलुङ नगरपालिका–२ का व्यवसायी सुधन कृष्ण श्रेष्ठका जेठा सुपुत्र हुन । उनले प्रारम्भिक शिक्षा अमृत आदर्श आवसिय मावि, उच्च शिक्षा ओएसिस बोर्डिङ स्कुलबाट गरेका थिए ।
अहिले उनले काठमाण्डौको कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरि रहेका छन । शाहीले मुख्य उपाधि पनि आफ्नो कोल्टामा पार्न सफल भईकि छिन । रसलाईट मिडियाको आयोजना भएको प्रतियोगितामा महिलातर्फ टिछिरिङ शेर्पाले फस्ट रनर्सअपका साथमा मोस्ट कन्फिडेन्टको उपाधि जितेका छन ।
महिलातर्फ सुप्रिना शाक्यले सेकेन्ड रनरअपका साथमा म्यानेजमेन्ट च्वाईसको उपाधि जितेकि छन । त्यसैगरी पुरुषतर्फ समिप्य श्रेष्ठले सेकेन्ड रनरअपका साथमा बेस्ट स्टाइलिसको उपाधि जितेका छन ।













































































































































































































