बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेले महोत्सवमा बागलुङले लक्ष्य अनुसारको पर्यटक भित्र्याएको र सोचे अनुसारको कारोबार गरेको बताए । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको बागलुङ महोत्सवको आईतबार समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले बागलुङमा भएका धार्मिक तथा पर्यटकिय स्थानहरुको पहिचानमा ठुलो सहयोग पुगेको बताए ।
त्यस्तै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संयोजक जयराम भारीले बागलुङ महोत्सव जाडो याममा भएर पनि धेरै पर्यटकले महोत्सव अवलोकन गरेको बागलुङमा राम्रो कारोबार भएको बताए ।
उनले आफुहरुले राखेको लक्ष्य अनुसार धेरै दर्शकले महोत्सव अवलोकन गरेको, कारोबार राम्रो भएको, उल्लेख्य आन्तरीक पर्यटकले गन्तव्य स्थानको भ्रमण गरेको, बागलुङको सम्भावना र सामथ्र्यको बारेमा व्यापक बहस चलाएर बागलुङमा लगानी मैत्री वातावरण तयार गर्न महोत्सव सफल भएको बताए ।
त्यसैगरी बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीले बागलुङ महोत्सवलाई सफल बनाउन हरेक तह तप्काबाट सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन । उनले यस्तै साथ र सहयोग आगामी दिनमा हुने कार्यक्रमहरुमा पनि मिल्ने आशा व्यक्त गरे ।
त्यस्तै कार्यक्रमकै अवसरमा महोत्सव सफल पार्न सहयोग गर्ने प्रायोजक, गाउँपालिका/नगरपालिका प्रमुख, नव निर्वाचित जनप्रतिनिधि, पत्रकार, उद्योग वाणिज्य संघ बागलुङका कार्य समितिका सदस्य, महोत्सव उप–समितिका संयोजक तथा सदस्य, सहल्लाकार, सुरक्षा निकायका प्रमुख, महिला उद्यमीका सदस्य, कलाकार, कर्मचारी लगाएत सबैलाई मायाको चिनो सहित सम्मान गरिएको हो ।
त्यसैगरी कार्यक्रमकै अवसरमा उद्योग वाणिज्य संघ बागलुङले नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणको लागि महोत्सवको टिकट विक्रीमा पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै २ लाख ५० हजार हस्तान्तरण गरेको छ ।
कार्यक्रम बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलको प्रमुख आतिथ्यता, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीको स्वागत र बागलुङ उद्योग वाणिज्य संघका महासचिव दयाराम पौडेलको सञ्चालनमा समापन भएको हो ।














































































































































































































