जैमिनी नगरपालिका–१० राङखानी किटेनीदेखि कालाखोला जोडने मोटर बाटो निमार्ण गर्ने क्रममा स्थानीय जनता प्राथमिक विद्यालयको माथि पट्टीदेखि बाटो खन्दा उक्त विद्यालय जोखिममा परेको छ । विद्यालयको माथि तिरबाट बाटो खन्दा वर्षाको समयमा माटो बगेर विद्यालय पुरिने अवस्था भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश छन्त्यालले बताए ।
बाटो निर्माण गर्ने समयमा प्रविधिक, जनप्रतिनिधि, स्थानीय बुद्धिजिवीहरुले ध्यान नदिएको र उनीहरुको लापरबाहीको कारणले विद्यालय उच्च जोखिममा परेको अध्यक्ष छन्त्यालले गुनासो गरे । मोटर बाटो खन्न पुष २१ गतेदेखि सुरु गरिएको थियो । जैमिनी नगरपालिकाले विनियोजन गरेको रकम १५ लाख, १ लाख ८३ हजार ७ सय ४२ रुपैयाँ बराबरको जन श्रमदान गरि १६ लाख ८३ हजार ७ सय ४२ रुपैयाँ बजेटमा बाटोको निर्माण कार्य भैरहेकोे छ ।
त्यस्तै जैमनी नगरपालिका–१० राङखानी किटेनीदेखि बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट जोडने माईका–स्थान–कालाखोला मोटर बाटो निमार्ण कार्य पनि सुरु भएको छ ।


















































































































































































































