४ श्रावण २०८३, सोमबार

 

म्याग्दीमा प्रचण्डलाई ३० किलोको माला

म्याग्दी उद्योग वाणिज्य संघले आयोजन गरेको म्याग्दी महोत्सवको सम्बोधन गर्न म्याग्दी पुगेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डलाई म्याग्दी उद्योग वाणिज्य संघ तथा म्याग्देलीहरुले ३० किलोको माला लगाइ स्वागत गरेका छन ।

महोत्सवको स्वागत गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले म्याग्दी जिल्लालाई ४ नम्बर प्रदेशको व्यापारीक केन्द्र बनाउनको लागि महोत्सव आयोजना गरेको बताए । उनले सम्पूर्ण जनप्रतिनिधि, स्थानीय म्याग्दीवासी लगाएत सबैले आ–आफ्नो स्थानबाट म्याग्दीलाई ४ नम्बर प्रदेशको व्यापारीक केन्द्रको रुपमा चिनाउनको लागि सहयोग गर्न आग्रह गरे ।

म्याग्दीको स्थानीय स्तरमा उत्पादन भएको वस्तुहरुलाई बजारीकरण गर्न, म्याग्दीमा भएका धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा महोत्सवले धेरै सहयोग पु¥याउने कर्माचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung