६ कार्तिक २०८३, बिहीबार

 

अमृत आदर्श आवासीय माविको वार्षिकोत्सवको तयारी तिव्र

अमृत आदर्श आवासीय माध्यमिक विद्यालय बागलुङले आफ्नो ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको तयारी तिव्रबारेको छ । ववार्षिकोत्सवको अवसरमा आयोजना गरेको विविध कार्यक्रमहरु शुक्रबार पनि जारी छ । शुक्रबार अन्तर माविस्तरीय “जङ्क फुडमुक्त विद्यालय वातावरण निर्माणमा विद्यार्थीको भूमिका” विषयक निबन्ध लेखन प्रतियोगिता, तहगत दौड प्रतियोगिता, कक्षा ९ र १० छात्र/छात्रा लमजम्प र कक्षा ६/८ को कुर्सी दौड प्रतियोगिता, कक्षा ११ र १२ छात्रा स्किपिङ प्रतियोगिता, आधारभूत तहस्तरीय फुटबल प्रतियोगिता लगाएतका कार्यक्रम भएका छन ।

अहिले बजारमा पाइने जङ्क फुडको प्रयोगले जनजीवनमा सकरात्मक भन्दा नकरात्मक प्रभाव बढी पर्दै गएकाले यसलाई निरुत्साहित गर्न, घरायसी खाद्यय सामग्रीहरुलाई बढी प्रयोग गरी स्वस्थ जीवन जीउन प्रेरित गर्ने उद्देश्यले “जङ्क फुडमुक्त विद्यालय वातावरण निर्माणमा विद्यार्थीको भूमिका” विषयमा निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको शिक्षक सरोजराज पन्तको भनाई छ ।

अन्तर माविस्तरीय निबन्ध लेखन प्रतियोगिताको नतिजा ८ गते सार्वजनिक गर्ने भएको शिक्षक पन्तले जानकारी दिए । उक्त निबन्ध लेखन प्रतियोगितामा १२ विद्यालयले सहभागिता जनाएको छ । तहगत दौड प्रतियोगितामा आधारभूत तह १ र २ मा छात्रा तर्फ यमन बानु प्रथम, स्वस्तिका चोखाल र सचिना सिंह द्धितिय र आकृती भारी तृतीय भएका छन । छात्र तर्फ सुशान्त पन्त प्रथम, भुपिन थापा द्धितीय र विराज जिसी तृतीय भएका छन् ।

त्यस्तै कक्षा ३ र ५ छात्र असाद हुसेन प्रथम, प्रतिक छन्त्याल द्धितिय र अंकित जिसी तृतीय भएका छन । छात्रा तर्फ ममता घिमिरे प्रथम, सोफिया बानु द्धितीय र अनुस्का छन्त्याल तृतीय भएका छन । त्यसैगरी ११ र १२ छात्रा स्किपिङ प्रतियोगितामा सुस्मिता बोहरा प्रथम र सुमिता आचार्य द्धितीय भएका छन । त्यस्तै कक्षा ६/८ को कुर्सी दौड प्रतियोगिता जाहिरा बानु प्रथम, मालती जिसी द्धितीय र सिर्जना सापकोटा तृतीय भएका छन ।

त्यस्तै कक्षा ९/१० मा भूमिका महत प्रथम, रक्षा शर्मा दितीय र रितु सापकोटा तृतीय भएका छन । त्यस्तै आधारभूत तहस्तरीय फुटबल प्रतियोगितामा कक्षा ८ का सन्दिप थापाको समूह प्रथम र कक्षा ६ का विवेक घर्तीको समूह द्धितीय भएका छन । कार्यक्रम ७ गतेसम्म संचालन हुने र ८ गते विद्यालयमा सरस्वती पुजा सहित मुल समारोह हुने प्रिन्सिपल महेशचन्द्र प्रधानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung