६ कार्तिक २०८३, बिहीबार

 

न्यू ओएसिस एकेडेमीले मनायो २१ औँ वार्षिकोत्सव

न्यू ओएसिस एकेडेमी बागलुङले आईतबार आफ्नो २१ औँ वार्षिकोत्स मनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्माको अध्यत्क्षता, बागलुङ नगरपालिकाका उप मेयर सुरेन्द्र खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अभिभावक मनोज विक, राज थापा, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, नगर शिक्षा अधिकारी धनप्रसाद पोख्ररेल, डा. इश्वरीप्रसाद कँडेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष लगाएत मनतव्य राखेका थिए ।

सो अवसरमा विद्यालयले नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि २५ हजार ५ सय ५५ रुपैया संघका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेको छ । त्यस्तै विद्यालयले ४ जना अभिभावक गुमाएका विद्यार्थीलाई निशुल्क पढाउनको लागि छात्रवृत्ती दिने भएको छ । यसैगरी सोहि विद्यालयमा १० वर्ष शिक्षण गरेका पूर्व शिक्षक बिमल सुवेदीलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल नेत्र न्यौपानेले स्वगत मन्तव्यसँगै विद्यालयको अवस्थाको बारेमा प्रस्ट पारेका थिए । छात्रा मञ्जु श्री शिरिष, छात्र सुजन सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रम शिक्षक राम्जीप्रसाद सुवेदीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung