२२ असार २०८२, आईतवार

 

सरस्वती पूजासँगै वार्षिकोत्सव

यु एस एकेडेमीले सोमबार १५ औँ वार्षिकोत्सव सरस्वती पूजासँगै मनाएको छ । गत ३ गतेदेखि विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्दै आएको विद्यालयल सरस्वती पूजासँगै आफ्नो वार्षिकोत्सव मनाएको हो । कार्यक्रम विद्यालय संचालक समितिका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता, बागलुङ नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विद्याकी धनी सरस्वतीको तस्वीरमा अबिर माला लगाए पूजा गरेका थिए । साथै उनीहरुले कार्यक्रममा विभिन्न पहिरनमा नाच, हस्तकला प्रदर्शन लगाएत मनोरञ्जनात्मक सामग्रीहरु प्रस्तुत गरेका थिए । विद्यालयले नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणको लागि ५ हजार ५ सय ५५ रुपैया संघका सचिव राम थापा अविरललाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रमको अवसरमा विद्यालयले शिक्षिका सुमित्रा विक र अभिभावक लक्ष्मीप्रसाद सापकोटालाई सम्मान गरेको हो । कार्यक्रममा छात्रा समिक्षा भूषाल, छात्र सुवास शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल लगाएतले मन्तव्य राखेका थिए ।

त्यस्तै प्रिन्सिपल दल थापाले विद्यालय स्थितीबारे जानकारी गराएका थिए । विद्यालय संचालक समितिका सदस्य उमकान्त शर्माको स्वगत मन्तव्य रहेको कार्यक्रम शिक्षक शिव शर्माले संचालन गरेका थिए ।

त्यसैगरी बागलुङ नगरपालिका–३ मा रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले सोमबार विद्यालयमा श्रीपञ्चमी पर्व सरस्वतीको पूजा गरेर मनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर केसीको अध्यक्षता, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा अतिरिक्त क्रियाकलापमा विजयी हुने विद्यार्थीहरुलाई पुस्कार वितरण, सरस्वतीको पूजा तथा विद्यार्थीले आफ्नो अन्तरनिहित प्रतिभा प्रस्फुटन गरेका थिए । कार्यक्रम विद्यालयका शिक्षक मेघराज चालिसेको स्वागत मन्तव्य र शिक्षिका संगीता रेग्मीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung