काँठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले सामुदायिक विद्यालयहरु निक्कै नै खस्कदो अवस्थामा रहेकाले यी विद्यायलयहरुको स्तर र शैक्षिक गुणस्तरलाई वृद्धि गर्न एकिकृत योजना मार्फत अघि बढ्न लागेको बताए । थापाले काँठेखोला–५ बिहुँमा रहेको अमर माध्यमिक विद्यायलयलको ५२ वार्षिकोत्सवको उद्घाटन गर्दै यस्तो बताएका हुन । उनले यो योजना आगमी शैक्षिक सत्रबाट सुरु गरिने समेत बताए ।
कार्यक्रममा विद्यालयका प्रअ भिष्म कँडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको कुल आम्दानी १ करोड ३६ लाख ३९ हजार ५ सय ५६ र कुल खर्च ९१ लाख ६१ हजार ३ सय ३६ रहेको बताए । कँडेलले नेपाल सरकारले लागु गरेको नमुना विद्यायलय कार्यक्रम अन्तगरत यो विद्यालय पनि पर्न सफल भएको जानकारी गराएका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष एवं पुर्व सासंद गोविन्दप्रसाद शर्मा कँडेल, श्रोत व्यक्ति रामानन्द कँडेल, वडा न ५ वडा अध्यक्ष शिवप्रसाद कँडेल, भीमसेन माविका प्रअ रघुनाथ कँडेल, अक्षय कोषदाता, बालगौरि अक्षय कोष गौरिशंकर शर्मा सुवेदि, शिक्षक अभिभावक संघका संयोजक तुलसिराम कँडेल, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनप्रसाद कँडेल लगाएले मन्तव्य राखेका थिए ।
त्यसैगरी वर्ष भरि विद्यालयले आयोजना गर्ने विविध अतिरिक्त क्रियाकलापमा उत्कृष्ट, सरसफाई, नियमित हाजिर भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम विद्यालयका जेष्ठ सदस्य होमनाथ कँडेलको अध्यक्षता, काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम पुनको स्वागत र शिक्षक गणेश प्रसाद कँडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।


















































































































































































































