६ कार्तिक २०८३, बिहीबार

 

मोती सामुदायिक पुस्तकालयको अध्यक्षमा पौडेल

पर्वतको सबैभन्दा जेठो मोती सामुदायिक पुस्तकालयको साधारण सभा सम्पन्न भएको छ । फलेवास नगरपालिका – ५ खानीगाउँमा सञ्चालित पुस्तकालयको १० औँ साधारण सभा सम्पन्न भएको हो । शनिबार सम्पन्न भएको साधारण सभाले कृष्णराज पौडेललाई अध्यक्षमा चयन गरेको छ । अधिवेशले उपाध्यक्षमा सुरक्षा लामिछाने, सचिवमा रामचन्द्र पुरी र कोषाध्यक्षमा हरिप्रसाद शर्मा पोखरेल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा दिपक शर्मा पौडेल, केशाकुमारी परियार, केशमाया परियार, चित्रकमारी सुनार, सुवास सापकोटा, टेकनारायण सापकोटा, नारायण लामिछाने, गोविन्द सापकोटा, रुद्रप्रसाद शर्मा चयन भएका छन् । समितिले सल्लाहकार समितिमा जगनाथ शर्मा लम्साल र सह संयोजकत्वमा विष्णु शर्मा लम्साल रहेकमा छन् ।

सभालाई सम्बोधन गर्दै फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्माले पुस्तकालयको महत्व र समुदायमा खेल्ने भूमिका बारेमा बोलेका थिए । उनले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै पुस्ताकालयको दिगो व्यवस्थापनमा ध्यान दिन सुझाव दिए । स्तकालयका संरक्षक एवं समाजसेवी भोलनाथ शर्माले समाज रुपान्तरणमा यसले खेलेको भूमिका महत्वपूर्ण रहेको दाबी गरे ।

कार्यक्रममा फलेवास नगरपालिका वडा अध्यक्ष दिपक शर्मा आजिवन सदस्य ईन्द्रकान्त शर्मा, नेकपा एमाले खानीगाउँका अध्यक्ष तथा चितीपानी माविका शिक्षक नारायण लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रुमटु. रुडसँग जोडिएको यस पुस्तकालयले पर्वतका १ सय ३६ वटा विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । उक्त अवसरमा कवि ईश्वर सत्यको १३ औँ कृति कल्याणको बिमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung