घुम्टे युवा परिवार गलकोट नगरपालिका–७ मल्मले अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा आगामी फागुन १५ गतेदेखि १७ गतेसम्म हुन लागि संस्थाको ३३ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेलामा विविध कार्यक्रम व्यवस्थापन, समुदघाट तथा समापन समारोहमा प्रमुख अतिथि आमन्त्रण, कलाकार व्यवस्थापन लगायतको विषयमा छलफल गरिएको संस्थाका सचिव सावित्री थापाले जानकारी दिईन् ।
संस्थाले मेलाको अवसरमा बृहत कृषि मेला प्रदर्शनी, नयाकक संरचनाको पुरुष भलिबल, पुरुष तथा महिला रस्साकसी, खुल्ला सामुहिक लोक नृत्य लगायतका प्रतियोगिता सककगै सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । अन्तरक्रियामा आगामी दिनमा संस्थाले गर्न लागेको नेतृत्व विकास तालिम, गोष्ठी, शिविर, वार्षिक कार्य योजना लगायतका विषयमा छलफल गरिएको थियो ।
अन्तरकृयामा संस्थाका कार्य समितिका पदाधिकारीहरु, सल्लाहकार समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । अन्तरकृया कार्यक्रम घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षतामा सम्पन्न भएको थियो ।
















































































































































































