६ कार्तिक २०८३, बिहीबार

 

देविस्थान माविलाई सहयोगको ओईरो : बैसाखदेखि थालिएको चन्दा अभियान ५३ लाखमा पुग्यो

निसीखोला गाउँपालिका–१ मा रहेको देविस्थान माविलाई शैक्षिक र भौतिक क्षेत्रमा अगाडि बढाउन भन्दै विद्यालयले थालेको चन्दा संकलन अभियानबाट ९ महिना नपुग्दै ५३ लाख संकलन गरेको छ । गत बैसाख २५ गते विद्यालयको ५८ औँ वार्षिकोत्सवदेखि थालिएको उक्त अभियानबाट हालसम्म ५३ लाख बराबरको चन्दा बोल भएको र २७ लाख बोल चन्दा विद्यालयको नाममा संकलन भईसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर मल्लले बताए ।

सामुदायिक विद्याालय भएका कारण शैक्षिक तथा भौतिक क्षेत्रमा पछि परेको भन्दै विद्यालयको गुणस्तर बृद्धि गर्ने उदेश्य सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र मल्ल सहित आर्थिक संकलन समितिका सम्योजक खिमबहादुर कार्की सहित विद्यालयका प्रअ किरण पौडेल तथा विद्यालयमा अध्यापनरत शिक्षक, तथा शिक्षाप्रेमि हरुको सक्रियतामा थालिएको उक्त अभियानमा सबैको सकारात्म सोचका कारण अपेक्षाकृत चन्दा संकलन भईरहेको विद्यालयका प्रअ किरण पौडेलले बताए ।

आगामी वर्षसम्म १ करोड चन्दा संकलन गरी संकलित रकमबाट विद्यलायमा अक्ष्यकोषको स्थापना गर्दै व्याजबाट आएको रकमले विद्यालयको शैक्षिक र भौतिक क्षेत्रको गुणस्तर उकास्दै यस क्षेत्रकै नमुना विद्यालय बनाएरै छोड्ने अभियानका साथ आफुहरु लागिपरेको अध्यक्ष मल्लले बताए । २०७३ फाल्गुन १८ गते विद्यालय व्यवस्थापन समितिको जिम्मा पाएका मल्लले आफनो कार्यकालमा विद्यालयलाई नमुना बनाउनु पर्छ भन्ने मान्यताका साथ यस्तो अभियान चलाईएको र अभियानले सकारात्मक रुप लिएको बताए ।

हालसम्म सहयोगी दातामध्ये बुर्तिबाङमा व्यवसाय गर्दै आएका समाजसेवि हर्कबहादुर गुरुङले १० लाख चन्दा बोल गर्दै ७ लाख रुपैया विद्यालयलाई हस्तान्तरण समेत गरि सकेका छन् । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर मल्लद्धारा २ लाख १ हजार २५, आर्थिक समिति सम्योजक खिमबहादुर कार्कीले २ लाख ५ हजार ५ सय ५ रुपैया सहित अन्य सहयोगि दाताहरुले समेत २ हजार पाँच सयदेखि २ लाख रुपैयासम्म आर्थिक सहयोग गरिरहेको विद्यालयले जनाएको छ ।

विशेष गरी निसीखोला गाउँपालिका–१ अन्र्तगतका बासिन्दाको सहयोग बढि देखिएको छ । त्यस्तै सोहि क्षेत्रका स्वदेश तथा विदेशमा रहेका पुर्व विद्यार्थी, समाजसेवि, बुद्धिजिवीबाट बढि सहयोग प्राप्त भएको र निसीखोला गाउँपालिका–२, ढोरपाटन नगरपालिकाको–१ बुर्तिबाङ बजार तथा काठमाण्डौमा बस्दै आएका यस क्षेत्रका समाजसेविहरुद्धारा चन्दा बोलसंगै रकमसमेत हस्तान्तरण भईरहेको आर्थिक समितिका सम्योजक खिमबहादुर कार्किले बताए ।

सहयोगी दाताहरुबाट संकलित रकम देविस्थान माविको खाता साईन रेसुङगा बैंकमा बचत गरिरहेको र आगामि बैसाखमा ५९ औँ वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रम सहित सहयोगी चन्दादातालाई सम्मान गरिने लक्ष्यका साथ १ करोड पु¥याउने लक्ष्य लिएर सबैसंग समन्वय गरेको अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung