२५ असार २०८२, बुधबार

 

त्रिपुरेश्वर महादेव मन्दिर संचालक समिति गठन

काठेखोला गाउँपालिका–बिहुँकोटमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर सन्चालक समिति गठन गरिएको छ । त्रिपुरेश्वर महादेव मन्दिर एवं परमान्नद आश्रमका आश्रामधिपति मठाधिस श्री १००८ दुर्गान्नद सरस्वति महराज को अध्यक्षतामा समिति गठन गरिएको छ । जसको उपाध्यक्ष गौरिशंकर सुवेदि, सचिव हरिप्रसाद कँडेल, सह–सचिव ज्ञामनाथ कँडेल, कोषाध्यक्ष ठानेश्वर कँडेल, सदस्यहरु गाउँपालिका अध्यक्ष अमर थापा, वडा नम्बर ५र ६का वडा अध्यक्षहरु, शिवप्रसाद कँडेल, युक्तप्रसाद कँडेल पदन, कृषणप्रसाद कँडेल, बालान्नद कँडेल, मनोहर कँडेल यज्ञप्रसाद कँडेल, दिल्लीप्रसाद कँडेल, गोविन्द विक, चिरन्जिवी कँडेल, शसिधर सापकोटा, ज्ञानकुमारी श्रीस शर्मा रहेका छन् ।

उक्त समितिको सल्लाहकामा पुर्व सांसद गोविन्दप्रसाद कँडेल, टंकप्रसाद कँडेल, सांसद इन्द्रलाल सापकोटा, मणिभद्र शर्मा कँडेल, पण्डित बालाकृष्ण सुवेदी, दानविर श्यामसुन्दर रिजाल, देविप्रसाद कँडेल रहेका छन् । ७ वटा उप–समितिहरु पनि गठन गरिएको छ । पुजा, पर्व, मेला व्यवस्थापन, निर्माण व्यवस्थापन, अतिथि सेवा व्यवस्थापन, भजन मण्डलि व्यवस्थापन, युवा तथा स्वयं सेवक परिचालन, वन संरक्षण व्यवस्थापन तथा संचार तथा प्रचार समिति समेत गठन गरिएको थियो ।

सान्तसमाजका केन्द्रिय अध्यक्ष एवं परमानन्द गुरुकुल संस्कृत पाठशाला तनहुँ देवघाटका पिठाधिस श्री १००८ ज्ञानन्द सरस्वती महराज तथा यसै मठका प्रधान संरक्षकको प्रमुख आतिथित्यता मा सम्पन्न भएको कार्यक्रममा सांसद मणिभद्र कँडेल बोल्दै यसलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउन पहल गर्ने बताए । पुर्व सांसद टंकप्रसाद कँडेल वडा अध्यक्ष शिवप्रसाद कँडेल, यमलाल कँडेल ज्ञामनाथ कँडेल लगाएतले कार्यक्रममा मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत मठका संचालक सदस्य गौरिशवर सुवेदि र संचालन हरिप्रसाद कँडेल र मठाधिष १००८ दुर्गान्नद सरस्वती महाराज अध्यक्षता मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung