६ कार्तिक २०८३, बिहीबार

 

भिमगिठे माविमा वक्तृत्वकला प्रतियोगिता

बडिगाड गाउँपालिकाको भिमगिठे माविमा श्रोतकेन्द्र स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । प्रतिभाको खोजि र प्रस्फुटन शैक्षिक गुणस्तरमा हाम्रो अभियान भन्ने मुल नाराका साथ बराह भेटेनरी फार्म तथा कृषि बिउ सेवा भिमगिठेको आयोजना र भिमगिठे माविको सह–आयोजनामा भएको कार्यक्रममा विभिन्न ४ विद्यालयका ७ जना छात्रछात्राले सहभागिता जनाएका थिए ।

युवा पुस्तालाई कृषि प्रणालीमा जोड्नका निम्ती थप प्रोत्साहन दिने उद्देश्य सहित सञ्चालित प्रतियोगितामा बराह भेटेनरी फार्म तथा कृषि बिउ सेवाका सञ्चालक प्रस्ताव केसीको अध्यक्षता , भिमगिठे मावि श्रोतकेन्द्रका श्रोत व्याक्ति चिरञ्जीवि पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथी पौडेलले बोल्दै व्यावहारिक शिक्षा प्रणालीमा अगाडि बढ्न र कृषि क्षेत्रमा विद्यार्थीलाई आकर्षित बनाउन यस्तो कार्यक्रमले महत्त्वपूर्ण शन्देस दिने बताए ।

सहभागि विद्यार्थी मध्य प्रतिस्पर्धाको आधारमा भिमगिठे माविकी समिक्षा घर्ति प्रथम, सिद्ध मावि दर्लिङका गोकर्णराज थापा दिर्तीय, बुद्धमावि खालकी पुष्पा लम्साल तृर्तीय र भिमगिठे आर्दश एकेडेमिका विश्वास थापा सान्तवना भएका थिए । उत्कृष्टलाई पुरस्कार र मायाको चिनो तथा सहभागि विद्यार्थीलाई समेत मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

प्रतियोगिताको मूल्याङकन दिनेश शर्माको संयोजगत्वमा पशु चिकित्सक सुनिल पौडेल र भिमगिठे स्वास्थय चौकिकी अहेव तुलसी बुढाद्धारा निर्णायक भुमिका रहेको थियो भने विशिष्ठ अतिथिको रुपमा भिमगिठे माविका प्रअ सागर खरेल, वडा नम्बर ७ का अधयक्ष कृष्ण गुरुङ, बडिगाड गाउँपालिका कार्यपालिका सदस्य मिना रायमाझि, सिद्ध माविका प्रअ पुरुषेत्तम चालीसे लगाएतको आतिथ्यता रहेको थियो । भिमगिठे माविका प्रअ सागर खरेलको स्वागत शिक्षक जितबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung