म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा रहेका सामुदायीक विद्यालयमा शुक्रबार फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । भुतपूर्व विद्यार्थी क्लव र बरंजा छात्रावृत्ती अक्षयकोषले महेत्द्ररत्न मावि, महेन्द्ररत्न आधारभुत, जनप्रिय आधारभुत १–८ र जनप्रिय आधारभुत १–५ तहलाई १३ वटा डस्टबिन वितरण गरेका हुन् । विभिन्न दाताहरुबाट डस्टबिन जुटाएर विद्यालयहरुलाई उपलब्ध गराइएको भुतपुर्व विद्यार्थी कल्वले जनाएको छ ।
सोही अवसरमा महेन्द्ररत्न माविको कक्षा ९ र १० का विद्यार्थीहरुलाई पूर्व शिक्षक कृष्ण जिसीले एसईई पछि कुन विषय अध्ययन गर्ने भन्ने विषयमा अभिमुखीकरण गरेका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले पुर्व विद्यार्थीहरुले आफूले पढेको विद्यालयको शैक्षिक विकासका लागि गरेको पहल प्रशंसनीय भएको बताए । पुर्व विद्यार्थीहरुले महेन्द्ररत्न माविमा चार लाख रुपैयाको अक्षयकोष समेत स्थापना गरेका छन् ।
पूर्व विद्यार्थी पूर्णबहादुर रोकाको अध्यक्षता, लोकेश पुनमगरको सञ्चालन र केपी सापकोटाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रअ कृष्णलाल सापकोटा, म्याग्दी उद्योग वाणिज्य संघका दितृय उपाध्यक्ष राजेश शाक्य, कुमारी बहुउद्देश्यिय सहकारी संस्थाका प्रबन्धक रुद्र गुरुङले मन्तब्य व्यक्त गरेका थिए ।


















































































































































































































