२५ असार २०८२, बुधबार

 

न्वारामा जिप दुर्घटना, चालक घाईते

बडिगाड गाउँपालिका–२ न्वारामा शनिबार दिउसो साढे ४ बजे जिप दुर्घटना भएको छ । बडिगाड गाउँपालिकाको खर्बाङदेखि बुर्तिबाङ तर्फ जाँदै गरेको धौलागिरी अंचल यातायातको ना १ ज १३०९ नम्बरको जिप दुर्घटनामा भएको हो ।

दुर्घटनामा चालक बडिगाड गाउँपालिका–७ का वर्षिय ३४ का कपिल केसी घाइते भएको प्रहरी चौकी खर्बाङ प्रहरी नायव निरिक्षक लालबहादुर चौधरीले जानकारी दिए । घाइतेलाई उपचारका लागि बागलुङ रिफर गरिएकोे छ ।
जिपमा कुनै यात्रु नभई चालक मात्र रहेको बताईएको छ ।

जिप घुम्ती मोड्ने क्रममा अनियन्त्रित भई ४० मिटर तलखसेको नायव निरिक्षक चौधरीको भनाई छ । घाईते चालकको छाती र दायाँ खुट्टामा चोट लागेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung