२८ असार २०८२, शनिबार

 

कार्यकर्तालाई उत्साहित भएर लाग्न पाइजाको निर्देशन

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल बडिगाड गाउँपालिका–१ दगातुन्डाडाको आयोजनामा शनिबार वनभोज कार्यक्रम देउराली डाँडामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले कार्यकर्ताहरुलाई इमान्दारीता पुर्वक काम गर्न निर्देशन दिएका छन् ।

नेकपा एमालेका जिल्ला कमिटि सदस्य समेत रहेका पाइजाले प्राविधिक कारण निर्वाचनमा वडा नम्बर १ मा पराजय बेहोर्नु परेको भन्दै कार्यकर्ता उत्साहपूर्वक लाग्न आग्रह गरे। कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बडिगाड गाउँपालिका–३ का अध्यक्ष खड्क पुन, नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाड गाउँपालिकाका अध्यक्ष बेदप्रसाद पोखरेल लगाएतले बालेका थिए ।

कार्यक्रम अध्यक्ष रमेश बुढाथोकीको अध्यक्षता तथा अनेरास्ववियू जिल्ला कमिटि उपाध्यक्ष दिनेश थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung