६ कार्तिक २०८३, बिहीबार

 

‘व्यवहारीक शिक्षासँगै नैतिक शिक्षाको आवश्यक छ’–जोशी

पर्वतको सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसको २६ औँ वार्षिकत्सव तथा २४ औँ साधारण सभा सम्पन्न भएको छ । २१ गतेबाट शुरु भएको वार्षिकत्सव बिहीबार भव्य समारोह आयोजना गरि क्याम्पसले वार्षिकोत्सव मनाएको हो । क्याम्पसले वार्षिकत्सवको अवसरमा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन वरिष्ठ चन्दादाता तथा समाजसेवी कृष्णबहादुर जोशीले गरेका थिए । उद्घाटन शत्रमा बोल्दै उनले क्याम्पस सबैको साझा सम्पत्ति भएको बताउँदै यसको भौतिक विकास सँगै शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

उनले व्यवहारीय शिक्षा प्रदान गरी अभिभावकको मन जित्नु पर्ने बताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका श्रेष्ठले व्यवहारीकसँगै नैतिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसुर बाँकी नराखेको बताए । उनले आगमी दिनमा यसगरी गुणस्तरीय शिक्षा प्रदान गरी अगाडी बढ्ने बताए । कार्यक्रममा क्याम्पस प्रमुख सुवास पन्तले विद्यालयको शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावकसँग सहकार्य गरेर अगडी बढ्ने बताए ।

कार्यक्रममा निमित्त जिल्ला समन्वय समितिका संयोजक किसानबहादुर क्षेत्री, जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा पौडेल, जिल्ला शिक्षा कार्यालय पर्वतका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल, क्याम्पसका निर्वतमान अध्यक्ष मथुराकुमार जोशी, क्याम्पसका पूर्व अध्यक्ष लोकनाथ आचार्य, शिवालय क्याम्पसका अध्यक्ष गोविन्द पहाडी, शिक्षाविद् बसन्तबहादुर केसी, कुश्मा नगरपालिका–४ का वडा अध्यक्ष मिन कर्माचार्य, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछाने, बाह्मकुमारी ईश्वरीय विश्वविद्यालयका राधिका दिदि, भूतपूर्व विद्यार्थी समाज गुप्तेश्वर बहुमुखी क्याम्पसक अध्यक्ष केदारनाथ आचार्य, गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति शिशिर क्षेत्री, अनेरास्ववियु विद्यार्थी संगठन गुप्तेश्वर बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष इश्वरी भुषाल, नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका सभापति शिशिर शर्मा पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशी र क्याम्पस प्रमुअ सुवास पन्तले छुट्टाछुट्टै वार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गरेका थिए । गुप्तेश्वर बहुमुखी क्याम्पससञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस सञ्चालक समितिका सदस्य उमादेवी कुमाल र कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख ओमकार गिरीले गरेका थिए ।

गुप्तेश्वर बहुमुखी क्याम्पसको परिचय

पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा वि.स २०४८ सालमा स्थानीय बुद्धिजिवी, समाजसेवी, शिक्षाप्रेमी तथा जागरुक युवाहरुको अथक प्रयासवाट स्थापित यस गुप्तेश्वर बहुमुखी क्याम्पसले समय सुहाउँदो र स्थानिय समाजको आवश्यकता अनुसारको शैक्षिक जनशक्ति उत्पादन गदै आएको छ । यस क्याम्पस विशुद्ध सेवामुलक संस्था हो । स्थापनाकालमा तत्कालीन नारायण मा.विको प्राङ्गणमा सञ्चालित यस संस्था आज आफ्नै स्वामित्वमा रहेको जग्गा र सुन्दर तथा प्राकृतिक छटाले भरिपूर्ण अवस्थित रहेको शान्त स्थलमा रहेको छ । प्रारम्भमा मानविकी, व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा पठन पाठन गदै आएको छ ।

भविष्यमा केही विषयमा स्नात्तकत्तोर र प्राविधिक विषय तर्फका कक्षाह सञ्चालन गर्ने कार्यक्रम यस संस्थाको रहेको छ । विपन्न, उत्पीडित, गरिव, दलित, महिला, जनजाति र पिछाडिएका तथा दुर्गम क्षेत्रमा बसोवास गर्ने वर्गहरुका लागि शिक्षा प्रदान गर्ने महान उद्देश्यका साथमा स्थापना भएको यस संस्थाले आफ्नो भौतिक , शैक्षिक, व्यवस्थापकीय तथा प्रशासनिक क्षेत्रमा रहेका कमी कमजोरीहरुलाई समाधान गदै विश्व विद्यालय अनुदान आयोगवाट गुणस्तर सुनिश्चित प्रत्यायन(Quality Assurance Accreditation,QAA) प्रमाणपत्र लिई धौलागिरि अञ्चलकै एक नमुना क्याम्पसको रुपमा आँफुलाइ स्थापित गराउने दृढ प्रतिज्ञासहित विविध कार्यक्रमहरुलाई अगडि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung