हरि माध्यमिक विद्यालय ताराखोला गाउँपालिका–३ बाट अभ्यास शिक्षणको लागि काँक्राखोर आधारभूत विद्यालयमा गएका ६ जना विद्यार्थीलाई विद्यालयले शुक्रबार एक कार्यक्रमकान बिच बिदाई गरेको छ । बिदाई कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धर्मदत्त उपाध्ययलाई बिदाई विद्यार्थीले मायाको चिनो स्वरुप सुझाव पेटिका हस्तान्तरण गरेका थिए । विद्यालयको कामकारवाही, कर्मचारीको व्यवहार, ढिलासुस्ति लगायतको बारेमा विद्यार्थी, अभिभावक, शिक्षक गुनासो र उजुरी गर्न सहज होस भनि उजुरी पेटिका विद्यालयलाई प्रदान गरेको अभ्यास शिक्षणका संयोजक शान्त खत्री मौसमले बताए ।
अभ्यास शिक्षणको क्रममा संचालन गरिएको अतिरिक्त क्रियाकलापको पुस्कार शुक्रबार नै विद्यार्थीलाई प्रदान गरिएको थियो । विद्यालयले पनि बिदाई विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो । विद्यालयको तर्फबाट शिक्षिका रमा भट्टराई र शिक्षक शशिदत्त पाध्यायले शिक्षण अभ्यासको क्रममा विद्यार्थीले राम्रो भुमिका निर्वाह गरेको बताउदै सधै साथको अपेक्षा रहेको कुरामा जोड दिदै धन्यवाद दिएका थिए ।
त्यस्तै बिदाई हुने विद्यार्थीको तर्फबाट उमा खत्री, कृष्ण निउरे र शान्त खत्रीले मन्तव्य राख्दै अभ्यास शिक्षणको क्रममा सहयोग गर्ने सम्पूण शिक्षकहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य पदमपानी निउरेको अध्यक्षता प्रधानाध्यापक धर्मदत्त उपाध्ययको संचालनमा सम्पन्न भएको थियो ।


















































































































































































































