२१ असार २०८२, शनिबार

 

जनप्रतिनिधिले स्टेशनरी वितरण गरेर जन्मदिन मनाए

पर्वतको जलजला गाउँपालिकाका एक जना जनप्रतिनिधिले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण गरेर जन्मदिन मनाएका छन् ।

जलजला १ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले ३० औँ जन्मदिनको अवसरमा बाँसखर्कमा रहेको जनज्योती र देउराली आधारभुत तथा ज्योती मण्डल माविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेका हुन् ।

जनज्योतीका २६, ज्योती मण्डलका १९ र देउरालीका ११ जना विद्यार्थीहरुलाई स्टेशनरीका साथै ज्योती मण्डलमा आकास्मिक र प्राथमिक उपचारको व्यवस्था मिलाउनका लागि व्यक्तिगत रुपमा ३ हजार रुपैया उपलब्ध गराएका छन् । यसैगरी धाईरीङको कालिगण्डकी गौशालालाई १ सय केजी दाना पनी सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung