
काठेखोला गाउँपालिका–५ मा रहेको अमर माध्यमिक विद्यालयको अध्यक्षमा पद पूर्व सदस्य शिव प्रसाद कँडेल सर्व सम्मत रूपमा चयन भएका छन । उनी अध्यक्षमा चयन भए पछि विद्यालयको भातिक तथा शैक्षिक अवस्थामा केहि सुधार हुने आशा गरिएको छ ।
त्यस्तै सदस्यहरूमा होमनाथ कँडेल, प्रेमबहादुर पुन, नन्दलाल विक, जमुनादेवी कँडेल, कोपिला पुन, खगिसरा न्यौपाने, प्रतिनिधि रघुपती शर्मा, सदस्य सचिव भीष्म कँडेल लगाएतका व्यक्तित्वहरु चयन भएका छन् ।