गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरेले विकासको पूर्वाधार शिक्षा भएकोले सामुदायिक र संस्थागत विद्यालयलाई समान हैसियतले अगाडि बढाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले न्यु लाईफ आवसिय माद्यामिक विद्यालय गलकोट नगरपालिका–६ को ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै यस्तो बताएका हुन् ।
त्यस्तै निजी तथा आवसिय विद्यालय संगठन प्यासनका केन्द्रिय सचिव मधु लोहनीले निजि विद्यालयका कारण ग्रामिण क्षेत्रमा गुणस्तरिय शिक्षा प्रदान भएको बताए । उनले राज्यले १ सय २६ अर्ब शिक्षामा लगानि गरे पनि शिक्षाको गुणस्तर अगाडि बढ्न नसकेको भन्दै राज्यले छात्रावृत्ति, पोसक तथा खाजा, सामुदायिक र संस्थागत दुवै विद्यालयलाई समान तरिकाले दिनुपर्ने बताए ।
कार्यक्रममा काँडेबास स्रोतकेन्द्रका स्रोत व्यक्ति दिनेश पन्त, गलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र खत्री लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामप्रसाद शर्माले विद्यालयको प्रगति प्रवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले न्यु लाईफ दर्पण, शिक्षक अभेन्दु नायक र संगित रेग्मीद्धारा लिखित हामी आफुले आफैलाई चिनौ नाटक प्रर्दशन गरेका थिए । उक्त अवसरमा कक्षा प्ले गुप्रदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले सामुहिक लोकनृत्य प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा मावि स्तरिय वादविवाद प्रतियोगिता, आधारभुत विद्यालय स्तरिय आठौँ निकेशचन्द्र चोखाल निकेश स्मृति हाजिरीजवाफ प्रतियोगिता, आधारभुत विद्यालय स्तरिय कवर्डि प्रतियोगिता, प्राथमिक विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको विद्यालयले जनाएको छ । कुल ९ सय ५२ विद्यार्थी र ५२ जना शिक्षक कर्मचारी रहेको विद्यालयमा पूर्व विद्यार्थी डाक्टर हेमराज रेग्मीले ६ जना विद्यार्थीहरुलाई पूर्ण छात्रावृत्ति प्रदान गरेको र विद्यालयले गरिब, जेहेन्दार, दलित, द्धन्द पीडित विद्यार्थीलाई सरकारी मापदण्ड अनुसार छात्रावृत्ति उपलब्ध गराएको शिक्षक दुर्गा शर्माले बताए ।
कार्यक्रममा पुर्व विद्यार्थी मेजर डाक्टर विपिन कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षता, शिक्षक भुवानन्द्र गैरेको स्वागत तथा साहायक प्रिन्सिपल विरबहादुर बोहोराको सञ्चालन सम्पन्न भएको थियो ।


















































































































































































































