२९ असार २०८२, आईतवार

 

गौरीधाममा भक्तजनको घुइँचो –भिडियो सहित

महाशिवरात्री पर्वको अवसरमा बागलुङको प्रसिद्ध धार्मिक स्थल गौरीधामको शिव मन्दिरमा मंगलबार बिहानैदेखि भक्तजनको घुइँचो बढेको छ । यो पर्वमा महादेवको आराधना गरी महाशिवरात्री पर्व मनाउन गर्दछन् । शिवको पूजा आरधना गर्न यस मन्दिरमा विभिन्न स्थानहरुबाट आएका भक्तजनहरु घुइँचो चलेको छ ।

बिहान ५ बजेदेखि नै मन्दिरमा पूजा खुला गरिएको र लाइनमा बसेर व्यवस्थित तरिकाले पूजा तथा दर्शन गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ । वि.स. २०५९ सालमा बाटो खन्ने क्रममा शिव पार्वतीका आकृती भएका मूर्ती भेटिएपछि उक्त स्थानमा मन्दिर निमार्ण गरिएको हो ।
बागलुङका विभिन्न स्थानका साथै म्याग्दी, पर्वत, लगायतका जिल्लाबाट गौरीधाम शिव मन्दिरको दर्शनका लागि भक्तजन आएका छन । यस मन्दिरमा शिवरात्री, बालाचर्तुदशी र साउन महिनाको सोमबारका दिन विशेष मेला लाग्ने गर्छ ।

यहाँ दर्शन र पुजा आजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वासका छ । मन्दिरमा विहानै देखि भक्तजनहरुले भजन कृतनसगैं पुजा आजा गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung