बाग्लुङ जिल्लामा यस बर्षको एसईई परिक्षामा पांच हजार पांच सय ३२ परिक्षार्थि सहभागि हुने भएका छन् ।
आगामि चैत्र ७ गतेदेखि हुनलागिरहेको यसबर्षको कक्षा १० उर्तिण परिक्षाका लागि जिल्लाभरका १० स्थानीय तहबाट ५ हजार ४ सय १४ नियमित र १ सय २० एक्जाम्टेड गरी कुल ५ हजार ५ सय ३२ परिक्षार्थिले जिल्लाभरका बिभिन्न ३१ परिक्षा केन्द्रबाट परिक्षा दिन पाउने भएका हुन् ।
यसबर्ष एक्जाम्टे परिक्षार्थिका लागि जिल्लाभरकै सबै विद्यार्थीलाई बाग्लुङ नगरपालीका िस्थत बिध्यामन्दिर माविबाट परिक्षा दिने ब्यबस्था गरीएको हो । परिक्षा एकै समयमा हुने भएपनी एक्जाम्टेडको संख्या थोरैभएका कारण एकैस्थानबाट परिक्षा गराउने निर्णय भएको जिल्लाशिक्षा कार्यालय बाग्लुङ जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले सामदुायिक रेडियो ढोरपाटनलाई बताए ।
उनका अनुसार जिल्लाको ढोरपाटन नगरपालीका १ अन्र्तगत उत्तरगंगा मावि, रिभरहेड बोर्डिङ र जनता आवाशिय बोर्डिङ स्कुलमा परिक्षा केन्द्र निर्धारण गरीएको छ । त्यस्तै निसिखोला गांउपालीकाको प्रभामावि बोहोरागांउ, तमानखोला गांउपालीकाको जनजागृर्ति मावि बोङगादोभान, बडिगाड गांउपालीकाको भिमगिठे मावि भिमगिठे,भानु मावि ग्वालिचौर, त्रिभुवन मावि खर्वाङ, रमुवा मावि रनसिंहकिटेनी,गल्कोट नगरपालीकाको सिवमावि कांडेवास,पृथ्विमावि हरिचौर, गल्कोट मावि हटिया, महेन्द्रमावि नरेठांटि रहेका छन् ।
त्यस्तै अन्य स्थानीय अन्यतहका बिधालय अन्र्तगतअर्गलमावि अर्गल, अमरमावि बिंहु, धारामावि तंग्राम, भिमसेन मावि बिंहु, सुन्तलाचौर मावि दमेक, शान्तिमावि कुश्मिसेरा, जनकल्याण मावि भिमापोखरा,तित्याङमावि तित्याङ, सारदा मावि बाटाकाचौर, सर्वादय मावि बरेङ, जनतामावि राङखानी, जनतामावि सर्कुवा, संस्कृत मावि बेलबगर, त्रिभुवनमावि पैँयुपाटा, जनताधन मावि नारायणस्थान, धवलागिरी बिरेन्द्रमावि रातामाटा, फियुचर आवासिय मावि बाग्लुङ नगरपालीका, बिध्यामन्दिर मावि बानपा, कालीका कन्या मावि बानपा रहेका छन् ।
उक्त परिक्षाकेन्द्रलाई मर्यादित र ब्यबस्थित बनाउनका निम्ती आबस्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ । बानपा बाहेक सबै परिक्षाकेन्द्रमा उत्तरपुस्तिका पुगिसकेको र प्रस्नपत्र भने चैत्र १ गते पछि मात्र सुरक्षाकर्मिको निगरानीमा रहने गरी उपलब्ध गराईने निर्णय भएको जिसिअ पौडेलले बताए ।
प्रत्यक परिक्षा केन्द्रमा ३ सय परिक्षार्थि सम्म १ जना केन्द्रादक्ष र सो संख्या भन्दा बढि भएमा २ जनासम्म केन्द्रादक्ष रहने छन् । प्रत्यक केन्द्रमा १५ जनाका दरले जिल्लाभर ४ सय ६५ सुरक्षाकर्मि, २० देखि २५ जना परिक्षार्थि बराबर एक निरीक्षक सहित अन्य कर्मचारी रहने बताईएको हो । परिक्षालाई थप ब्यबस्थित र मर्यादित बनाउनका निम्ती अब तत्कालै जिल्ला परिक्षा समन्वय समितीको बैठक समेत बस्ने तयारी रहेको पौडेलले बताए ।


















































































































































































































