७ कार्तिक २०८३, शुक्रबार

 

काठेखोला—१ ले आफ्नै पाठ्यक्रम निर्माण गर्ने

जिल्लाको काठेखोला गाउँपालिका—१ पालाले आफ्नै पाठ्यक्रम निर्माण गरेर लागू गर्ने भएको छ ।

शिक्षालााई स्वरोजगारमूकल तथा उत्पादनसंग जोड्न सुन्तला र कागती तथा तरकारी खेतिसम्बन्धी पाठ्यक्रम निर्माण गरी लागू गर्ने निर्णय गरिएको काठेखोला—१ का अध्यक्ष खडक थाापले जानकारी दिए ।‘विद्यालय शिक्षा हाँसिल गरेपछि के गर्ने भन्ने अन्यौल छ,’ उनले भने,‘स्थानीय रुपमा गर्न सकिने कागती, सुन्तला र तरकारी उत्पादनका लागि आवश्यक सिप सिकाउने पाठ्यक्रम निर्माण गरेर लागू गर्ने तयारी थालेका छौं ।’ यसबाट सामुदायिक विद्यालयहरको शैक्षिक सुधारका लागि योगदान पुग्ने उनको विश्वास छ । वडामा आयोजना गरिएको शैक्षिक सुधार कार्याशालाले पाठ्यक्रम नै निर्माण गरी लागू गर्ने निर्णय भएको उनले सुनाए । कार्याशाला उद्घाटन गर्दै काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले सरकारले शिक्षामा गरेको लगानी अनुसार प्रतिफल प्राप्त नभएको भन्दै यस्ता कार्याशालाले शिक्षाको गुणस्तर वृद्धिमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे । ‘सामुदायिक विद्यालयको लगानी अहिलेसम्म प्रतिफलमा त्यती राम्रो देखिएको छैन,’ उनले भने,‘यस्तो कार्याशाला र छलफलले गुणस्तर अभिवृद्धिमा सहयोग पु¥याउँछ ।’

कार्याशालामा काठेखोला—१ का चार वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभावक संघ, राजनीतिक दलका वडा प्रमुख, स्थानीय क्लब र जनप्रतिनिधिको सहभागिता थियो । कार्यशालापछि सात बुँदै प्रतिवद्धता समेत जारी गरिएको छ । विद्यालयले विद्यालय सुधार योजना निर्माण गरी लागू गर्ने, शिक्षकले शिक्षण सुधार योजना निर्माण गरी लागू गर्ने, शैक्षिक उपलब्धीको समीक्षा गरी वृद्धिका लागि योजना निर्माण गर्ने, शिक्षक डायरी, झोला र पोशाक अनिवार्य गर्ने, वार्षिक योजना, कार्यतालिका निर्माण गरी कार्यान्वयन गर्ने निर्णय भएको छ । काठेखोला—१ का अध्यक्ष खडक थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रीता राना पुनले गरेकी थिईन् ।

कार्याशालामा काठेखोला गाउँ शिक्षा अधिकारी हरिप्रसाद आचार्य, स्रोतव्यक्ति रामानन्द कँडेल र पूर्णप्रसाद ढुङ्गानाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung