बागलुङ बजारमा सुनचाँदीको व्यवसाय इतिहांस बोकेको व्यवसाय हो । परम्परागत रुपमा गरिने सुनचाँदी व्यवसायमा ४६ सालको परिवर्तनपछि धेरै अवसर र चुनौतिहरु थपिए । व्यापार गर्ने शैली, पसलको साज सज्जा, कालिगढहरुलाई अवसर, पौराणिक र आधुनिक गहनाका डिजाइनहरु पसलबाट छिटो उपलब्ध गराउने प्रतिस्पर्धा लगाएतका विषयहरुमा सुनचाँदी व्यापारका क्षेत्रमा धेरै परिवर्तन आयो । अहिले स्थानीय तहको निर्वाचनपछि व्यापारको चुनौति र संभावनाको विषयमा धेरै अड्कलबाजि र बहस चलिरहेको छ । बागलुङ बजारका सुनचाँदी व्यवसायीहरुसगँ सुनचाँदी व्यवसायको सम्भावना र चुनौतीका विषयमा नयाँ विश्वसगँ गरेका कुराकानीहरुको संक्षिप्त अंश तल प्रस्तुत गरेका छौ ।
युवाहरुलाई सुनचाँदी तालिमको आवश्यकता –सुदेश राजभण्डारी, महालक्ष्मी सुनचाँदी पसल
सुनचाँदी व्यवसाय बागलुङको पुरानो व्यवसाय हो । अहिले यो व्यवसायले ठुलो बजार लिएको छ । यो व्यवसायबाट धेरैलाई रोजगारी मिलेको छ । राज्यलाई ठूलो परिमाणमा कर तिरेको छ । तर पनि अर्थतन्त्रमा हामीले दिएको योगदान अनुसारको व्यवसायीक वातावरण पाउन गाह्रो छ । साथै बागलुङमा दक्ष कालिगढको अभाव छ । त्यसैले युवाहरुलाई सुनचाँदी व्यवसाय सम्वन्धि तालिम, गहना तयार पार्ने सम्वन्धि तालिम स्थानीय तहका जनप्रतिनिधीहरुले गरिदिए युवाहरुको बढ्दो बैदेशिक मोहमा कमि आउने उनको भनाई थियो ।

व्यापारीहरुलाई भरपर्दाे सुरक्षा छैन –मनकाजी घमाल ,मनकामना ज्वेलर्स
बागलुङका व्यापारीहरुलाई भरपर्दाे सुरक्षा नभएको मनकामना ज्वेलर्स पसलका प्रोपाइटर मनकाजी घमालको भनाई छ । संघियता कार्यन्वयनमा आएसगै बागलुङ बजारका व्यापारीको चुनौती थपिएकाले व्यवस्थित शहरीकरण गर्न तर्फ लाग्नु पर्ने उनले बताए ।

व्यापारीहरु विच समन्वयन आवश्यक छ – धना सुनार, शुभलक्ष्मी सुनचाँदी पसल
व्यापारीहरु विचनै समन्वयन नभएकोले व्यापारमा समस्या भएको शुभलक्ष्मी सुनचाँदी पसलकी संचालक धना सुनारले वताइन । जसले गर्दा सुन तथा ज्याला, जर्तिको दरमा एकरुपता नभएको उनको भनाई छ । साथै बागलुङको यहि अवस्था रहे व्यापारीहरु पलायन हुनु पर्ने अवस्था आउने उनको कथन थियो जसको समाधान गर्न व्यवस्थित शहरीकरण हुनु पर्ने उनले वताइन ।

सुनचाँदी व्यवसायीहरु एकताबद्ध र अनुशासनमा बस्नु पर्छ – उमेश राजभण्डारी, न्यू राजभण्डारी गहना पसल
बजारको आवश्यकता अनुसार हामीले सुनचाँदी पाउन सकेका छैनौं । यो व्यवसायमा जोखिम र संवेदशिलता धेरै छ । बागलुङ बजारको पुराना सुनचाँदी व्यवसायी मध्ये हाम्रो पसलले पनि ग्राहकको विश्वास र भरोसा जितेर आजसम्म यो क्षेत्रमा अझै केहि राम्रो गर्ने उद्देश्यका साथ अगाडि बढिरेहका छौ । यो क्षेत्रलाई मजबुत र भरोसा योग्य बनाउनको लागि सुनचाँदी व्यवसायीहरु एकताबद्ध र अनुशासनमा बस्नु पर्दछ । कहिले धेरै व्यापार हुने र कहिले मन्दि हुने गर्दछ । यो व्यवसायबाट धेरै छिटो धनी हुने सोचका साथ धेरै नयाँँ व्यवसायीहरुले बजारलाई अस्वस्थ बनाइ राखेको छ । ग्राहकलाई गुणस्तरिय सामान कुन पसलबाट सुपथ मुल्यमा पाइन्छ भन्ने जनचेतना अभिबृद्धि गराउनु हामी सवैको कर्तव्य हो ।
माग अनुसार सुनको आपुर्ती छैन– कविराज सुुनार, राज्यलक्ष्मी सुनचाँदी पसल
सुनचाँदी व्यवसायी कविराज सुनारले भने राष्ट्रबैंकले कोटा दिएर केही सुन किन्ने अवसर दिएपनि आवश्यक पर्ने सुन किन्न नपाइएको वताए । साथै समय समयमा सुनको भाउ घट्ने बढ्ने हुँदा पनि व्यवसायी घाटामा परेको उनको गुनासो थियो ।
व्यवसायीलाई चुनौती र अवसर थपिदै – अनिष खाति, अन्नपुर्ण सुनचाँदी पसल
देश संघिय संरचना कार्यन्वयनमा आए सगै व्यवसायमा पनि अवसर र चुनौती थपिएको बागलुङ बजारका अन्नपुर्ण सुनचाँदी पसलका प्रोपाइटर अनिष खातिले बताए । आम नागरिक प्रशासनिक तथा अन्य कुनै पनि काम गर्नको लागि सदरमुकामनै आउन पर्ने बाध्यताको अन्त्य भैसकेको हुदा व्यवसायमा केहि चुनौती थपिएको छ । कुनै पनि चुनौति सगैं अवसर पनि हुने हुदा अव व्यवसायीले अवसरको खोजि गर्नु पर्ने उनको भनाई थियो ।
अवसरलाई परिणाममा बदल्नु पर्छ – अशोक सुनार, बलेवा सुनचाँदी पसल

हामी प्रतिस्प्रर्धात्मक बजारमा छौ । यस्तो बजारमा व्यवस्थामा अनैकौ किसिमका अवसर र चुनौति आउने गर्दछन । उक्त अवसरलाई व्यवसायीले परिणाममा बदल्न सके मात्र सफल व्यवसायी बन्ने बलेवा सुनचाँदी पसलका संचालक अशोक सुनार बताउछन ।
युवा व्यवसायीहरुले सुनचाँदीको व्यापारलाई फैलाउनु पर्दछ – मनिस राजभण्डारी, श्री राजभण्डारी गहना पसल
बागलुङ बजारमा धेरै युवा व्यवसायीहरुले व्यवसायीक जिम्मेवारी समालिरहेका छन । अध्ययनको साथसाथै आफुलाई मन पर्ने व्यवसायमा अगाडी बढी रहेका छन । मैले पनि हाम्रो पुर्खाले गरेको सुनचाँदी व्यवसायलाई आधुनिक ढङ्गले गरिरहेको छु । उपभोक्ता सगँ सुचना प्रविधिको माध्यमबाट सम्पर्क गरेर नयाँ तथा पुराना गहनाहरु बनाएर दिने भएकोले ग्राहकहरु पनि खुशि छन । यो व्यवसायलाई मर्यादित र भरपर्दो बनाउन युवा व्यवसायीले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ ।













































































































































































































