बागलुङको गलकोटमा प्रथम हनि हन्टिङ महोत्सव हुने भएको छ । गलकोटको लेकका भीरपहरामा हनी हन्टिङ अर्थात मह शिकार महोत्सव गर्न लागिएको निलुवा पर्यटकिय क्षेत्र प्रबन्द्धन केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो । केन्द्रले गलकोट नगरपालिका वाड नम्बर ४ को मौरिभिरमा मह शिकार महोत्सवको आयोजना गर्न लागेको सुवेदीको भनाई छ ।
मह शिकार महोत्सव अन्तरगत मौरिभिरमा भएका करिब १५, २० भन्दा बढि गोलाबाट मह झिकिने केन्द्रका कोषाध्यक्ष बिकास सुवेदीले बताउनुभयो । भीरहरुमा भीर मह प्रशस्त्र मात्रामा रहेकाले यसबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न महोत्सव गर्न लागेको समेत सुवेदीले बताउनुभयो ।
चमुवाको मौरिभीर मौरीको मह शिकारका लागि गलकोट नगरपालिका, निलुवा समाज चमुवा जापान, सँगै स्थानिय बिभिन्न संद्य सस्था र ब्यक्तिहरुले आर्थिक सहयोग प्रदान गरेको मुल आयोजक समिति सदस्य ईश्वर सुवेदीले बताउनुभयो । केन्द्रले दिएको जानकारी अनुसार आजसम्म महोत्सवका लागी करिब १ लाख ८० हजार बढि संकलन भएको छ ।
कहाली लाग्दो भीर पहराहरुमा हुने महशिकार अर्थात ‘हनि हण्टिङ’ विश्वमै विरलै हुने गर्दछ । अत्यन्तै महशुर मह शिकारीहरुको साहासिक काम पर्यटकका लागि नौलो र आकर्षणको विषय भएका कारण गलकोटमा पहिलो पटक हनि हण्टिङ महोत्सव गर्न लागिएको गलकोट नगरपालिका वाड नम्बर ४ का अध्यक्ष बल बहादुर खत्रीले बताउनुभयो ।
सिरीङ्ग हुने अग्ला भीर पहरामा निडरका साथ महशिकारीहरुले मह काडेको रमणीय दृश्य गलकोटमा हुने भएपछि गलकोटबासीमा हनि हन्टिङ बिशेष चासोको बिषय बनेको छ । यस कार्यक्रमले निलुवा सँगै गलकोटको प्रचार प्रसारमा समेत बिशेष सहयोग पुग्ने अध्यक्ष खत्रीले बताउनुभयो । भीर माहुरीको शिकार गरेको कहिल्यै नदेखेका गलकोटबासीले गलकोटमै देख्न पाउने भएपछि साँच्चै अविस्मरणीय र रोचकको क्षण हुने आयोजकले जनाएको छ ।
गलकोटका धेरै भीरहरुमा पाईने यो मौरीको मह समय मिलाएर काड्न सके राम्रो आम्दानी लिन सकिने गलकोट नगरपालिका वाड नम्बर ४ का घनश्याम सुवेदीले बताउनुभयो । भीर मौरी को मह औषधीका रुपमा पनि प्रयोग हुने भएकोले केहि दिनदेखिनै माग भईरहेको सुवेदीको भनाई छ । यसैबिच गलकोटको पर्यटकिय क्षेत्र निलुवामा हुने उक्त महोत्सवमा स्थानिय परिकार र परम्परागत खाना खुवाईने प्रचार प्रसार समिति सदस्य बालकृष्ण सुवेदीले बताउनुभयो । पछिल्लो समय हरेक मेला, महोत्सव, कार्यक्रम, बिवाह, ब्रतबन्ध लगायतमा जंङफुट तथा बजारमा पाईने खानेकुराहरुको बढि प्रयोग गरिदै आईरहेको अवस्थामा केन्द्रले महोत्सवका दिन स्थानिय परिकार खुवाउने बताएको छ ।
’महोत्सव हेर्न जानेहरुले परम्परागत खाना र परिकार खान पाउने सुवेदीको भनाई छ । उक्त दिन जंङकफुट पुर्ण रुपमा निषेध गरिएको छ ।
’विश्व बजारमा पाइने तयारी खाजा हैन, नेपाली भान्सामा पाक्ने खाने कुरा महोत्सवमा खुवाईने छ सुवेदीले भन्नुभयो महोत्सव हेर्न आउनेले खान पनि पाउनेछन्। उक्त दिन ढिँडा, आटो, दहि, मोहि, सेलरोटि लगायतका परिकार बनाईने स्थानिय रबिलाल सुवेदीले बताउनुभयो ।
















































































































































































