११ कार्तिक २०८३, मंगलवार

 

सिवाईसी लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जूमा गोष्ठि सुरुवात

चारतारे युवा क्लव सिवाईसी नेपालद्धारा सञ्चालीत लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि आईतबारदेखि सुरुवात भएको छ । संस्थाको शाखा कार्यालय कुश्मिसेराबाट सुरुवात भएको गोष्ठि कार्यक्रमलाई सम्वोधन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले नेपालको गरिवी न्यूनिकरणमा लघुवित्त कार्यक्रमको महत्वपूर्ण योगदान रहेको बताए ।

लघुवित्त कार्यक्रम जस्तो गरिव, पछाडि पारे पारिएका, खरका झुप्रामा बस्ने, केही गर्छु भन्ने आँट भएका तर पुँजीको अभाव भएका व्यक्तिहरु खोजी खोजी विना धितो आय आर्जनका क्षेत्रमा कर्जा प्रवाह गर्ने विश्वमा अरु कुनै कार्यक्रम नभएको पौडेलको भनाई थियो । उनले सिवाईसी नेपालले जनताको जनजीविकाका सवालहरुमा फरक पहिचानका साथ जुीटरहँदा संस्थाको परिकल्पनाले सान्दार्भिकता पाएको महशुस भएको बताए । दुईचार हजार रुपैयाको अभावमा छट्पटीएका, केही गरौं भन्ने चहाना र सिप भएका हजारौ हजार व्यक्ति अजा सिवाईसीको छाहारीमा आफुहरुलाई सुरक्षीत ठानीरहेको समेत पौडेलले बताएका थिए ।

लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न तथा पछाडी पारीएका वर्गहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याई गरीबि न्यूनिकरणको राषर््िट्रय अभियानमा सघाउ पु¥याउने उद्देश्यका साथ संचालित सिवाईसी लघुवित्त कार्यक्रम लक्षित दिसामा छ, छैन ? केन्द्रका क्रियाकलापहरुबाट के कस्ता उपलब्धीहरु हा“सिल भै रहेका छन् ? केन्द्र संचालनमा सदस्यहरुको उत्साह र सहभागिता कस्तो छ ? केन्द्रले भोगेका कठिनाईहरु लगाएतका विषयहरुमा सदस्यहरुसंगै छलफल तथा समिक्षा गर्ने र आगामि वर्षको कार्ययोजना निर्माण गर्ने उद्देश्यले आयोजन गरिएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले लघुवित्त कार्यक्रमको केन्द्र भनेको एउटा औपचारी संस्था जस्तै भएकाले यसको नेतृत्व लिने केन्द्र प्रमुख कार्यक्रमको बारेमा जानकार हुनुपर्ने बताएका थिए ।

अधिकारीले केन्द्र प्रमुखहरुलाई केन्द्र सञ्चालनमा दक्ष बनाउनका लागि यो गोष्ठिको आयोजना गरिएको समेत बताएका थिए । कार्यक्रममा सम्पूर्ण केन्द्र प्रमुखहरुको तर्फवाट चेतकुमारी शर्मा, उद्यमी सदस्यहरुको तर्फवाट उजीला परियार, खिरा वि.क, वडा स्तरीय सञ्जालहरुको तर्फवाट लालकुमारी शर्मा, पार्वती थापा, सुनितादेवि पौडेल, मुनादेवि शर्मा, ननुकुमारी थापा, टुमा पौडेल, कल्पना सार्कि, हिरादेवि पौडेल, उजेली परियार लगाएतले सिवाईसीको सेवाप्रती आफुहरु खुसी रहेको र सिवाईसीलाई माईती सरह मान्ने विचार व्यक्त गरेका थिए ।

कार्यक्रमकै क्रममा महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा क्रमशः एकता आत्मनिर्भर महिला केन्द्र राङखानी, ठुलो चौतारा आत्मनिर्भर महिला केन्द्र सर्कुवा र आविष्कार आत्मनिर्भर महिला केन्द्र अमलाचौर प्रथम, दृतिय र तृतीय स्थान हाँसील गरेका थिए।

कुश्मिसेरा शाखा अन्तर्गतका १५५ केन्द्र प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धमा समेत प्रशिक्षण गरिएको थियो । आजबाट सुरुवात भएको कार्यक्रम संस्थाका २१ वटा शाखा कार्यालयमा गरी जेठको २ गते सम्पन्न हुने संस्थाले जानकारी दिएको छ ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत तथा शाखा कार्यालयको प्रगतिको वारेमा शाखा प्रवन्धक रेनु खड्का र सञ्चालन एवम् सम्पूर्ण संस्थाको बारेमा जानकारी प्रवन्धक संगिता शर्मा पौडेलले गराएकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung