२८ बैशाख २०८१, शुक्रबार

 

बागलुङ नगरमा लिफ्ट प्रणालीको खानेपानी योजना बाट २४ घण्टा पानी

 

बागलुङ नगरपालिका भित्रका उपभोक्तालाई सफा र स्वच्छ खानेपानी खुवाउने उदेश्यले लिफ्ट प्रणाली बाट नयाँ खानेपानी योजना शुरू गर्ने भएको छ ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सह लगानीमा बागलुङ नगरपालिका वडा नम्बर ३ काँठेखोलाको पानी लिफ्ट प्रणाली बाट पानी तानेर २४ घण्टा नै पानी पुर्यााउने लक्ष्य सहित नयाँ कार्यक्रम शुरूवात गर्न लागेको बागलुङमा आयोजित अन्तक्रिर्या कार्यक्रम सरोकारवालाले बताए ।

३२ करोड २५ लाख लागतमा सम्पन्न हुने खानेपानी योजना बाट
बागलुङ नगरपालिकाको वडा नम्बर १,२,३,का करिब ६० हजार उपभोक्ता लाई २० बर्ष सम्मलाइ सफा स्वच्छ खानेपानी योजना २ बर्ष भित्र पूरा गर्ने कार्यक्रम रहेको खानेपानी डिभिजन कार्यालयका डिभिजन प्रमुख शेखर केसीले बताए ।

बागलुङको पुरानो रिठे खोला बाट आएको पानी लाई ब्यबस्थित गर्ने र काँठेखोलाको पानी लाई नयाँ योजना मार्फत बागलुङ नगर भित्र ल्याउने योजना रहेको यसको डिपिआर तयार भएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्त बागलुङ नगरपालिकाका उप मेयर सुरेन्द्र खड्का बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पुर्ब अध्यक्ष केबी राना मगर समाजसेवी देबबहादुर श्रेष्ठ बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुब केसी लगायतका सरोकारवालाले बागलुङ नगर क्षेत्र भित्र खानेपानी बढी भन्दा बढी उपभोक्ता लाई पुर्यारउने तर्फ ध्यान दिन जरुरी भएको धारणा राखेका थिए ।

कार्यक्रमको अध्यक्षता बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले संचालन खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यालय प्रमुख हिमाल प्रसाद शर्माले गरेका थिए ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अहिले ३२ सय घरधुरीले खानेपानी उपयोग गर्दै आएकोमा नयाँ योजनाबाट थप ९ सय घरधुरी लाई खानेपानी दिने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्