
नेपाल रेडक्रश सोसाईटी बागलुङको आयोजना र वानपा १ रामरेखा उपशाखाको संयोजनमा भएको कार्यक्रममा वोल्दै सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले रेडक्रशले खोज, उद्धार तथा राहत एवम् पुनःनिर्माणका क्षेत्रमा गरेको काम प्रशंसनिय रहेको वताए । समुदायमा तत्काल विपद् आइपर्दा रेडक्रसका स्वयंसेवीले मानवीय सेवा तत्काल उपलब्ध हुनुनै रेडक्रस कर्मीको दायित्व भएको वताएका छन ।
विपद सुचना दिएर नआउने भएकोले संरचना निर्माण गर्दा ध्यान दिनुपर्ने वताउनु भयो । कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का,बागलुङ नगरकार्यपालिका सदस्य लक्ष्मी वोहोरा रामरेखा उाशाखाका सभापती तेजेन्द्र आचार्य लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा समापती जव्वर वहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपसभापती राजेन्द्र आचार्य र संचालन मन्त्री नारायण शर्मा पौडेलले गरेका थिए ।
दिवसको अवसर पारेर नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा बागलुङ अन्र्तगत समुदायको विपद प्रतिकार्य क्षमता विकास कार्यक्रम संचालन भैरहेको सन्र्दभमा विपदका अवस्थामा प्रयोग हुने सामाग्री प्रदर्शन एवं जानकारी गराईएको थियो ।
अमेरीकन रेडक्रश र युएसएआईडीको आर्थिक सहयोगमा बागलुङ नगरपालिका वडा नम्वर १,६,८र ११ तथा जैमिनी नगरपालिका वडा नम्वर ८ ,काठेखोला गाउपालिका ७ र ८ एवं वडिगाड गाउपालिका वडा नम्वर ७ मा समुदायको विपद प्रतिकार्य क्षमता विकास कार्यक्रम संचालन भैरहेको कार्यक्रम संयोजक श्याम कोईरालाले वताउनु भयो । कार्यक्रममा प्रर्दशन गरिएका विपदका अवस्थामा प्रयोग हुने सामाग्री रामरेखा उपशालाई हस्तान्त्रण गरीएको थियो ।
रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिन मे ८ को अवसर पारेर विश्वभर विभिन्न सेवामूलक कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाउने गरिएको छ । रेडक्रसले युद्ध, प्राकृतिक विपत्ति, विकास र शान्ति सबै परिस्थितिमा सेवामा पु¥याउँदै आएको छ ।
अन्तराष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबैप्रति आदर र विपद्लाई कम गर्ने उद्धेश्यका साथ स्थापना भएको यो संस्थामा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयम्सेवकका रुपमा कार्यरत छन् । कार्यक्रमको अवसरमा बागलुङ नगरपालिका–१ रामरेखाका क्यान्सर पिडित ४० बर्षिय देवी केसीलाई आर्थिक सहयोग गरिएको थियो ।