नेत्र बिक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरेको नेपाल बन्दकाे प्रभाव बागलुङ जिल्लामा देखिएको छ ।
अाेली नेतृत्वकाे सरकारले भारत संग गरेको अरूण तेस्रो सम्झौता रास्ट्रघाटी भएको भन्दै अाव्हान गरेको नेपाल बन्दकाे कारण बागलुङ बजार थप्प रह्यो ।बजार यातायात शैक्षिक संघसंस्था पुर्ण रूपमा बन्द रह्यो बैंक तथा बित्तीय संघसंस्था समेत बन्द हुदा कुनै पनि अार्थिक काराेबार भने भएन ।
यातायात बन्द हुदा टाढा टाढा जाने यात्रुहरू सदरमुकाम मै अलपत्र परेका छन् ।बन्द गराउन काेही पनि अान्दाेलनकारी बजारमा नहिडेपनी डर त्रासको कारणले पनि बजार ब्यबसाय बन्द गरेको ब्यबसायीहरू बताउँछन् ।बन्द बाट कुन क्षति हुन नदिन प्रहरीले सदरमुकाम अाफ्नाे सक्रियता भने बढाएको छ ।
















































































































































































