४ श्रावण २०८३, सोमबार

 

मदन-आश्रति स्मृति दिवस तथा नेकपाको स्वागत कार्यक्रम

२५ औ मदन(आश्रति स्मृति दिवस कतारमा पनि एक कार्यक्रमका बिच  भएको छ ।
प्राबासि नेपाली मन्च कतारको आयोजनामा जननेता मदन भण्डारी र जिबलाल आश्रतिको फोटोमा माल्यार्पण गरेर स्मृति दिवस मनाइएको हो ।
प्रबासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबासी नेपाली मन्च कतारका संस्थापक कमलमणि गुरागाइ, नेपाली जनप्रगतिशिल मञ्चका गल्फ संयोजक शनीकुमार वलि,प्रबासी नेपाली मन्चका पुर्ब अध्यक्ष दिल किरण खुजुङ,नेपाली जनप्रगतिशिल मञ पाचौं महाधिवेशन आयोजक समितीका संयोजक रकम धोज राइ, रेनु कार्की लगाएतले मनत्ब्य राखेका थिए।
प्रबासी नेपाली मन्चकार्यबाहक महासचिव प्र्बात त्रिपाठिले सन्चालन गर्नु भएको कार्यक्रममा स्वागत मन्चका उपाध्यक्ष चानि लाल राजबन्शीले गरेका थिए ।
यसै बीच नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको खुशीयालिमा नेपाली जनप्रगतीशिल मञ्च र प्रबासी नेपाली मञ्चले संयुक्त रूपमा दिप प्रज्वलन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung