
सलमान खानले चाँडै नै आफ्नो साथीको छोरालाई बलिउडमा लञ्च गर्दैछन् । उनले ट्वीटरमार्फत कश्मिरको पृष्ठभूमिमा बनिरहेको लभ स्टोरीमा जहिर इकबाललाई भित्र्याएको जानकारी दिएका हुन् । सलमानले जहिरसँगको एक बाल्यकालको तस्बिर पोष्ट गर्दै सल्लाह दिँदै भनेका छन्, ‘जसलाई तिमी प्रेम गर्छौ र जसले तिमीलाई प्रेम गर्छ, उनीहरुलाई सधैं सम्मान गर्नु र उनका लागि सधैं बफादार रहनु ।’
जहिरका बुवा थिए सलमान खानका बैंकः
बुधबार जहिरसँगको फोटो पोष्ट गर्दै सलमानले लेखे, ‘यी बच्चाहरु यति चाँडै ठूलो कसरी हुन्छन् । जहिर चाहे जे सुकै होस्, सधैं आफ्नो उत्कृष्ट दिने कोसिस गर । यो याद राख कि जिन्दगीमा सबैभन्दा ठूलो कुरा सम्मान र बफादारी हो ।’
जहिरपछि सलमानले आफ्ना साथी इकबालको फोटो सेयर गरेका छन् जसमा उनले लेखेका छन्, ‘बाल्यकालमा यी मेरा बैंक थिए । मैले अहिले पनि उनलाई दुई हजार ११ रुपैयाँ दिन बाँकी छ । मैले अहिलेसम्म न उनलाई यो पैसा फिर्ता दिएको छु न नै उनले यसको ब्याज मागेका छन् ।’
स्मरण रहोस्, फिल्म निर्माता नितिन कक्कडको निर्देशनमा बन्न लागेको जहिरको फिल्मको सुटिङ सेप्टेम्बरबाट सुरु हुनेछ । फिल्म अघि सलमानले जहिरसँग फोटोसुट पनि गराएका छन् रातोपाटीबाट