४ श्रावण २०८३, सोमबार

 

नेपालका कम्युनिस्टको एकताले संसार भरका कम्युनिस्टहरुमा उत्साह थपिएको छःनेपाल

- नेकपाले समाजबादको मार्ग निर्माण गर्दछः प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सरकारको प्रमुख काम देशमा नै रोजगारीको सिर्जना गरि जनतालाई परिवर्तनको अनुभुती दिलाउने रहेको बताएका छन ।

कम्युनिस्ट पार्टीको निमन्त्रणामा ब्राजिल जाने क्रममा कतारको दोहामा शनिबार राती कार्यकर्ता सङ्ग कुरा गर्दै नेता नेपालले सरकार सुशासन कायम गरि भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्न लागेकोले केही समयमा नै जनताले यसको अनुभुति गर्ने बताएका थिए ।

पुर्व माओवादी र एमालेका संगठन नेपाली जनप्रगतिशिल मञ्च र प्रवासीनेपाली मञ्चका कार्यकर्ता सङ्ग राजदूतावासमा कुराकानी गर्दै नेता नेपालले देशमा रोजगारीको सिर्जना गर्न विदेशी पुजि भित्र्याउन आवश्यक रहेको भन्दै नेपालमा लगानी गर्न इच्छुक कतार जस्ता समृद्ध देशलाइ दूतावास र नेपाली समाजले हाइड्रोपावर लगाएतका क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताए । सधै देशको सुखदुःखमा प्रवासी नेपालीको महत्त्वपूर्ण साथ रहेको भन्दै विदेशमा आएर कोहि नेपाली समस्या पर्दछ भने दूतावास सङ्ग समन्वय गरि तत्काल उद्दारमा लाग्न आग्रह गरेका थिए
नेता नेपालको कम्युनिस्ट पार्टी बिचको एकताले संसार भरका कम्युनिस्टहरुमा उत्साह थपिएकोले कम्युनिस्ट प्रणालीबाट समृद्धि हासिल गरेका देशले प्रयोग गरेको मोडल अध्ययन गर्नको लागि ढोका खोलेको बताए ।

नेता नेपाल संगै सोही कार्यक्रममा सहभागीता जनाउन जान लाग्नु भएका नेपाल कम्युनिस्ट पार्टिका प्रवक्ता नारायण काजि श्रेष्ठले दुई पार्टी विचको एकता केबल बहुमतको सरकार निर्माण गर्न नभइ समृद्ध नेपाल बनाउनको लागि भएको बताए।
पार्टी एकता आफैमा ऐतिहासिक र चुनैतिपुर्ण भए पनि कार्यदलले काम गरिरहेकोले सम्पुर्ण तहको एकिकरण प्रक्रिया तिन महिना भित्र सक्ने बताए ।
प्रबक्ता श्रेष्ठले संविधानको भावना पनि समाजबाद उन्मुख नेपाल निर्माण गर्ने भएकोले तत्काल समाजबादमा पुग्न नसके पनि नेकपाले समाजबादको मार्ग निर्माण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung