३२ असार २०८२, बुधबार

 

प्रमुख जिल्ला अधिकारीकाे पहिलाे प्राथमिकतामा दुर्गमका जनतालार्इ नागरिकता

बागलुङ- बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले ग्रामिण भेगका दुर दराजका जनतालाई सेवा दिनु आफ्नो पहिलो प्रथामिकता बताएका छन । जिल्लामा केहिदिन अगाडिमात्र सरुवा भई आएका प्रजिअ खरेलले नागरिकता[post-carousel id=””]नहरुलाई नागरिकता प्रदान गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
राज्यले नागरिकताको आधारमा धेरै खाले सेवा सुविधा दिएपनि नागरिकता नभएकै कारण सुविधावाट वञ्चित, अपाङ्ग, जेष्ठ नागरिक तथा अशक्तहरुलाई घरमै पुगेर नागरिकता वितरण गर्नु आफ्नो पहिलो कर्तव्य रहेको बताए । जिल्लाको गलकोट नगरपालिकाको रिघामा संचालित एकिकृत घुम्टी शिविरमा सो कुरा बताएका हुन ।
बागलुङ जिल्लाको दुर दराजमा बसेका नागरिकता विहिन नागरिकहरुलाई घुम्ती शिविर मार्फत हाल सम्म दुइठाउमा शिविर सम्पन्न गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
राज्यले नागरिकताको आधारमा अपाङ्ता भक्ता, जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भक्ता तथा अन्य शुविधाहरु पाउछन् तर नागरिकता नभएका कारण सुविधाहरुवाट बञ्चित अशक्त, रोगी तथा अपाङ्गता भएका व्यक्तिहरु जो जिल्ला प्रशासन कार्यालय आउन नसकी नागरिकता विहिन छन् उनिहरुनै पहिलो प्राथमिकतामा राखेर नागरिकता वितरण गरिरहेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको संयोजनमा तमानखोला गाउपालिकाको बुङ्गादोभानमा ८८ ओटा नागरिकता, २८ ओटा अपाङ्गता परिचय पत्र तथा २ सय बढीलाई औषधी सहितको स्वास्थ्य परिक्षण गरेको थियो । त्यस्तै बुधबार गलकोट नगरपालिका वडा नम्मर ११ रिघामा पनि करिब १ सय बढिलाई नागरिकता वितरण गरिएको बताइएको छ । घुम्टि शिविर मार्फत नागकिता र अपाङ्गता परिचयपत्र वितरण कार्य जारी रहने जिल्ला प्रशासन र्काालय बागलुङले जनाएको छ । बागलुङ जिल्ला भौगोलिक हिसावले सदरमुकाम भन्दा टाढा, यातयातको पहुच बाहिर रहेका कारण जिल्लाका केहि व्यक्तिहरु नागरिकता विहिन भएको अनुमान गर्न सकिन्छ । यसरी स्थानीय तहहरुको संयोजनमा नागकिता विहिनहरुलाई नागरिकता प्रदान गर्नु सकरात्मक कार्य भएको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung