१२ कार्तिक २०८३, बुधबार

 

गरीबको छानो छाउन र शिक्षकको तलबको लागि सहयोग गर्छु – नगरप्रमुख नेपाली

भौगोलिक तथा जातिय विविधता , खेलकुद, कला र सस्कृतीको संरक्षणमा हाम्रो सहभागीता भन्ने मुल नाराका साथ असारे युवा क्लब को आयोजना ताराखोलामा संचालित असारे मेलाको औपचारिक उदघाटन कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन समारोहमा बोल्दै ढोरपाटन नगरपालिकाका प्रमुख देब कुमार नेपालीले ताराखोला गाउपालिका भित्र को कला ,सस्कृतीको संरक्षणमा असारे युवा क्लब खेलेको भुमिका प्रशंसीनय रहेको बताउनु भयो ।

 

नगर प्रमुख नेपाली ले ताराखोला गाउपालिकाको बिकासमा आफ्नो ब्याक्तिगत तर्फदेखि र ढोरपाटन नगरपालिका सधैं हातेपालो गरेर अगाडि बढ्ने कुरामा जोड दिनु भएको थियो । शिक्षा क्षेत्र को विकाशले मात्र समग्र पक्षको विकाश हुने भन्दै दुर्गा भवानी माबि तारामा रहेको समस्यालाई मध्यनजर गर्दै बिद्यालयमा एक बर्षको लागि एक जना शिक्षकको ब्यक्तिगत तर्फबाट भुक्तानी दिने गरि ब्यवस्थापन गरिदिने घोषणा गर्नु भएको छ ।

\\त्यसै गरि ताराखोला गाउपालिकामा भएका विपन्न परिवार जसको घरमा खरको छानो यो वर्ष असारे युवा क्लब को सिफारिसमा ५ घर परिवारमा टिनको छानो को ब्यवस्था गरि दिने समेत घोषणा गर्नु भएको छ ।कार्यक्रममा ताराखोला गाउपालिकाका उपाध्यक्ष दिल कुमारी रोका पुन, नेकपाका केन्द्रीय सदस्य नेता दिवस खत्री लगायत ले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा मगर समुदाय को मारुनी नाच, चुड्के भाका स्थानीय पन्चे बाजा र भजन मण्डली सहितको र् यालि निकालिएको थियो ।
असार १९ गते देखि संचालित असारे मेलामा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता, लोक दोहोरी गित , धनुषवाण , पुरुष तथा महिला रस्साकस्सी जस्ता प्रतियोगिता आयोजना गरेको छ।

प्रतियोगितात्मक कार्यक्रम संगै राष्ट्रिय कलाकार वसन्त थापा , गायिका खिमा रोका र गायक तथा सर्जक खगेन्द्र बिश्वकर्मा लगायतको साङ्गितिक प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ। उदघाटन कार्यक्रम असारे युवा क्लब का अध्यक्ष प्रकाश घर्ती को अध्यक्षता, कोषाध्यक्ष रबिन घर्ती को संचालमा सम्पन्न भएको थियो ।गरीबको छानो छाउन र शिक्षकको तलबको सहयोग गर्छु नगरप्रमुहख नेपाली

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung