
सरकारले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले बैंकहरूलाई सुन आयात गर्न सहज हुने भएको छ ।एक महिनासम्म चाहिने सुन वाणिाज्य बैंकहरूले एकै पटक एकमुष्ठ रूपमा आयात गर्न पाउने भएको छ ।
यसले उच्च माग भएको बेला व्यवसायीहरूलाई सुनको अभाव हुने विगतको अवस्थामा सुधार हुने आशा गरिएको थियो ।चाडपर्व ,तीज र बिहेको लगन भएको महिनामा सुनको माग र आपुर्ति विच सन्तुलन कायम हुनेछ ।अहिलेको मोद्रिक नीति अनुसार डलरमा व्यवसायीहरूले गैरआवासिय नेपाली ,कुटनीतिक नियोग र विदेशीहरूलाई सुनको गरगहना बिक्री गर्न पाउने छ ।
यस किसिमको व्यवसायी कारोबारलाई डिमेड एक्स्पोर्ट सरह निर्यात भएको मानिने छ । दैनिक अधिकतम २० केजीका दरले आयात गर्नु पर्ने वाध्यताको अन्त हुँदै एकै पटक आयात गर्न पाउँदा ढुवानी लागत समेत कम हुनेछ ।