१६ बैशाख २०८१, आईतवार

 

केन्द्रीय सरकारले पनि हामीलाई हेर्नुपर्छ

बागलुङको सदरमुकाम देखि सबै भन्दा टाढाको गाउ“पालिका निसीखोला हो । यहा“ स्थानीय तह गठन र निर्वाचन पछि समेत लामो समय कर्मचारी पुगेनन् । कांग्रेसको क्षेत्रीय सभापति देखि अन्य पदमा रहेर काम गरेकोले सामाजिक क्षेत्र उनको लागि नौलो भने होइन । तर प्रशासकीय अधिकृत देखि प्राविधिक कर्मचारी अभावले उनी काम गर्न नसकेको गुनासो गर्छन् । निसीखोला गाउ“पालिका प्रमुख तारानाथ पौडेल स“गको कुराकानी

पहिलो पटक स्थानीय तहको अभ्यास कसरी गर्दै हुनुहुन्छ ?

मैले धेरै पहिला देखि सामाजिक क्षेत्रमा काम गर्दै आएको थिए, तर अध्यक्ष भएर आएपछि गर्नुपर्ने धेरै जिम्मेवारी पुरा गर्न कर्मचारीको साथ चाहिन्थ्यो, यो गाउ“पालिकामा कर्मचारीको ठूलो अभाव भयो । जसको कारण काम गर्न निकै ढीला भयो । परिषद समयमा गर्न नसक्ने, बिनियोजित रकम खर्च गर्न पनि कठिन भयो । प्राविधिक त हामीले अझै पाएका छैनौं, छिमेकी गाउ“पालिकाको प्राविधिकले हेरिदिएर योजना अनुगमन र सम्पन्न गर्ने तयारीमा छौं । अति दुर्गम हुनुको पिडा हामीले यतिबेला महसुस गरेका छौं । अहिले पनि ७ वटा वडा मध्ये २ जना सचिवबाट काम चलाईरहेका छौं ।

धेरै जटिलता भएर पनि के के काम गर्नु भयो ?

पहिलो आवस्यकता भौतिक पूर्वाधारमै थियो, त्यो हामीले थालेका छौं । विशेषगरी सडक र भवनमा बढी रकम माग थियो । तर हामीले अति आवस्यक पर्ने स्थानलाई पनि समानुपातिक रुपमा बजेट बिनियोजन गरेका थियौं । कृषि र पशुपालनमा निशर्त रुपमा बजेट आएपनि आवस्यकता हो भनेर बजेट छुट्टयायौं । कृषि उत्पादनलाई रोजगारमूलक बनाएरै लैजाने सोचाईले काम गरेका छौं । गाउ“पालिकाका सबै वडामा सडक संजालले जोडिएको छ । साथै ग्रामीण बस्तीमा पनि सडकको ट्रयाक खोल्ने क्रम चलेको छ । आगामी बर्ष अरु बिकासका काम गर्ने भन्दै अधिकांस सडक निर्माणमै बजेट लगाइएको छ ।

स्थानीय तह आन्तनिर्भर बन्नका लागि आन्तरिक आय चाहिन्छ । कसरी आन्तरिक आय बढाउने योजना छ ?

हामीले जलश्रोत र पर्यटन व्यवसायमात्रै आयआर्जनको मुख्य क्षेत्र बनाउन खोजेका छौं । निसीखोला प्रसस्त जलविद्युत आयोजना बनाउन सकिने क्षेत्र हो । यहा“ अहिले पनि दुइ दर्जन लघु विद्युत उत्पादन भैरहेका छन् । अव ठूला आयोजनामा पनि हामीले ध्यान दिने भएका छौं । कृषि, पशुपालन, बनजंगल, जडिबुटी प्रशोधन र निकासी, काठ उद्योग बाट हामीले आन्तरिक आय बढाउने योजना बनाएका छौं । शुरुशुरुमा संभव नभएपनि दिर्घकालिन रुपमा यी क्षेत्रबाट आम्दानी र रोजगारीका अवसर खोज्ने सोचाई बनाएका छौं ।

काम गर्न कत्तिको चुनौती रहेछ ?

जनताको चाहना अनुसारको काम गर्न जहा“पनि चुनौती छ । तर हामी जिल्लाकै कमजोर र टाढाको गाउ“पालिकामा छौं । दैनिक उपभोग्य सामान ढुवानीमा समेत हामी महंगोमा पर्छौ भने सेवा प्रवाह बढी चुस्त र नियमित हुनुपर्छ । तर हाम्रो गाउ“पालिकाको आफ्नो घर छैन । भाडामा लिएर बस्ने घर समेत नपाएर धेरै सास्ती खेपिरहेका छौं । वडा कार्यालयहरुपनि झोलामा संचालित छन् । आफ्नै बजेटले सबै काम गर्न सकिंदैन । जनताको चाहनालाई सम्बोधन गर्न निकै मेहेनत गर्नुपर्छ । तर एउटा कर्मचारी चाहियो भन्दै सदरमुकाम जा“दा साता बिताउनु पर्ने बाध्यताले चुनौती खेपेको छु । तरपनि प्रतिपक्षको राम्रो सहयोग पाएको छ्ु ।

गाउपालिकामा आएको बजेटले काम गर्न सकिंदैन भन्न खोज्नु भएको हो ?

पहिलाको तुलनामा यो बजेट धेरै हो । तर भूगोलको कठिनाई तथा बिकासका लागि जनताका चाहना धेरै भएकोले सोचेजति काम गर्न सकेका छैनौं । लक्षित क्षेत्रका काम सक्न बजेटकै अभाव हुने देखिन्छ । थोरै थोरै बजेटबाट क्षमता बिकास गर्ने की पूर्वाधार बनाउने भन्नेमा प्रष्ट बन्न सकिएको छैन । जथाभावी खर्चेर भएन, कम्तिमा एकदुइवटा देखिने काम गर्न सबैस“ग सहकार्य गरिरहेको छु । सबैले डोजर र सडक खन्ने काममा बढी माग गरेका छन् । चेतना बिकासको क्षेत्रमा पनि काम गर्नुपर्छ भनेको छु, कति संभव हुन्छ त्यति गर्छौ ।
उत्तरगंगा जलविद्युत आयोजनाको विद्युत गृह हाम्रो गाउ“पालिकामा बन्ने भएकोले केही रोयल्टी संकलन गर्नेकुरा, धार्मिक कोटहरु संरक्षण, ताल तथा मन्दिर संरक्षण लगायतमा हामीले काम थालिसकेका छौं । हामीले ग्रामीण जनताको चाहना अनुसार काम गर्नुपर्छ त्यसैले त्यस्ता सबै योजनामा काम गर्नुपर्दा बजेट कम हुनु स्वभाविक हो ।

बढी रकम चाहिने भएपछि केन्द्रीय सरकारस“ग केही पहल गर्नुभएको छ ?

अत्यावस्यक योजनामा माग गर्ने तयारीमा छौं । हामीले गर्न नसकिने योजना केन्द्रले प्राथमिकतामा पारिदियो भने हामीले जनताका आधारभूत आवस्यकता सम्बोधन गर्न पाउनेछौं । अर्नाकोटमा हवाई मैदान बनाउने काम, प्युठान, अर्घाखा“ची जोड्ने सडकहरु, स्वर्गद्वारी सडक निर्माणमा केन्द्रले हेरिदिनुपर्छ भन्ने हाम्रो माग छ । आवस्यक कार्यक्रम र प्रस्ताव सहित केन्द्रमा जाने तयारीमा छौं । ढोरपाटन सम्म केबुलकार निर्माण गर्ने बिषय तथा मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्ने कुरा केन्द्रीय योजनामा पर्नुपर्ने र त्यसमा तथा मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्ने कुरा केन्द्रीय योजनामा पर्नुपर्ने र त्यसमा छिटो काम हुनुपर्छ भन्नेमा हामीले अगुवाई गरेका छौं । कमजोर आर्थिक अवस्था भएका स्थानीय तहलाई केन्द्रले पनि केही योजनामा सहयोग गर्नुपर्छ । असमान बिकासको खाडल पुर्नका लागि केन्द्र सरकारले हामीलाई हेर्नुपर्छ । प्रदेश सरकारले हामीलाई हेरेर कानून बनाउनुपर्छ ।
तपाईको गाउ“पालिकामा लागू औषध ओसारपसारका घटना बढी भएका छन्, कम गर्न के गर्नुहुन्छ ?

आर्थिक रुपमा बिपन्न र चेतनास्तर नभएकोले ठूला व्यवसायीले हाम्रा गाउ“लेलाई भरिया बनाएका छन् । त्यसैले धेरै पटक लागूऔषध ओसारपसारमा परेका हुन् । तर अव चेतना बिकासको अभियान लैजाने तथा बैध खेतीपाती गर्ने, तरकारी फलाउने र कमाई गर्नेमा हामीले अभियान संचालन गर्नुपर्छ । कृषि र पशुपालनबाटै मनग्ये कमाई हुन्छ त्यो बैध हो भन्ने जानकारी दिन सक्नुपर्छ । सोझा जनतालाई अवैध काममा लगाएर फसाउने गरेकाहरुबाट हामी सचेत बन्न जरुरी छ । आलु फलाएर राम्रो आम्दानी गर्न सकिने धेरै ठाउ“छन्, किसानलाई बजार खोजिदिन हामी सहयोग गरेर आम्दानी गर्न लगाउ“छौं ।

यहा बालबिबाह र विद्यालयबाट बाहिर रहेका बालबालिकाको संख्या पनि बढी छ, कसरी कम गर्नुहुन्छ ?

हरेक कुरा शिक्षा र चेतनामा भरपर्ने रहेछ । यस्तै समस्या सदरमुकाममा छैन । त्यसैले बालबालिकाहरु रमाएर विद्यालय जाने र पढ्ने वातावरण बनाउने, बालबिबाहले ल्याउने सामाजिक तथा स्वास्थ्य समस्या बारे चेतना बिकास गर्नेनै प्राथमिकताका काम हुन् । साथै स्वास्थ्य सेवा भरपर्दो बनाउने, दरबन्दीका शिक्षकहरु गाउ“मा भित्राउने, घुम्ती बसाईलाई मध्य नजर गरेर मुम्ती पढाईको व्यवस्था गरेर यस्ता समस्या अन्त्य गर्ने योजना छ । हरेक नागरिकलाई राज्यका सेवामा जोड्ने तथा गरिवी परिचयपत्र बनाएर उनीहरुले पाउने अनुदानलाई सहजीकरण गर्ने र विद्यालय छाड्ने अवस्थाको अन्त्यका लागि बालबालिका लाई खाजा, पोशाक र छात्रवृत्ति प्रदान गर्ने काममा बढी चासो बढाउनुपर्ने भएको छ । सबै मिलेर लागियो भने यस्ता समस्या समाधानमा हामीले सफलता पाउन सक्छौं ।

प्रतिक्रिया दिनुहोस्