१२ कार्तिक २०८३, बुधबार

 

ढोरपाटनको वार्षिकोत्सव: ‘समृद्धिको अभियान योजनाबद्ध’ -मन्त्री लम्साल

बागलुङ बजारबाट प्रकाशित हुने ढोरपाटन दैनिक एक कार्यक्रम गरि १५ औँ बार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा ‘बागलुङको समृद्धिको यात्रा’ विषयमा बक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बर्तमान सरकारले समृद्धिको अभियान योजनावद्ध रुपमा अघि बढाउने बताए । उनले चीनसँग व्यापार गर्न सकिने मुस्ताङको कोरला नाका सञ्चालन गरेर दुई देशबीचको व्यापार सम्बन्धलाई व्यवस्थित गरिने उल्लेख गरे ।

उनले गण्डकी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै पर्यटन विकास मार्फत समृद्धिको यात्रालाई अघि बढाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री लम्सालले ढोरपाटन क्षेत्रको पर्यटन विकासका लागि ढोरपाटनमा रहेको विमानस्थल सञ्चालन गर्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर सुदर्शन सिलवालले ‘बागलुङको समृद्धि र बिकासका आधारहरु’ शिर्षकमा आफ्नो अवधारणा प्रस्तुत गरेका थिए ।

सो अवसरमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोट र कृष्ण थापा, जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, जैमिनी नगरपालिका प्रमुख ईन्द्रराज पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, सम्मानित व्यक्तित्व चर्चित लोकलायक विष्णु खत्री, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कला क्षेत्रमा योगदान पु¥याएकोमा कलाकार विष्णु खत्री, लेखक डिल्लिप्रसाद गौतम, पत्रकार तारानाथ आचार्य, विज्ञापनदाता होटेल दिराजनका सञ्चालक एन्जेल शाक्य र पत्रकार राजेन्द्र ढकाललाई सम्मानित गरिएको थियो । उनीहरुलाई जनही नगद रु १० हजार ५ सय प्रदान गरिएको थियो ।

कार्यक्रम ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमको अध्यक्षता र प्रमुख सम्वाददाता तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung