१२ कार्तिक २०८३, बुधबार

 

विम्स्टेक सम्मेलनको तयारी पूरा

१४ र १५ भदौमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक)को चौथो शिखर सम्मेलनको तयारी पूरा भएको छ। शिखर सम्मेलनको कार्यतालिका समेत परराष्ट्र मन्त्रालयले फाइनल गरेको छ।
सम्मेलनमा सहभागी हुनका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु १२ गतेदेखि नेपाल आउन थाल्नेछन्। उनीहरुको स्वागतको तयारीसमेत सुरु भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार भदौ १२ गते म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुग्नेछन्। यसअघि म्यानमारबाट राज्यपरिषद सदस्यको प्रमुख तथा विदेशमन्त्री आङ साङ सूचीले नेतृत्व गर्ने बताइएको थियो।
त्यस्तै भदौ १३ गते श्रीलंकाका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटानका प्रधान न्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउने छन्। भुटानमा निर्वाचन चलिरहेका कारण प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै वाङचुक आउने भएका हुन्।
त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन भदौ १४ मा काठमाडौं आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung