७ जेष्ठ २०८१, सोमबार

 

सम्बन्ध बिहिन सम्बन्ध र नयाँ कानून 

राजेशचन्द्र राजभण्डारी 

अाजकलकाे सम्बन्ध तिकाउ र भरपर्दो नभए पनि समाजलाई देखाउन भए पनि कायमै राख्नुपर्ने बाध्यताकाे भने अहिले नयाँ मुलुकी ऐन अाएपछि अन्त्य भएको छ । साच्चै श्रीमान श्रीमतीको  सम्बन्ध कस्ताे हुनुपर्छ भनेर कसैले सिकाइ राख्नुपर्ने बिषय हैन ।अहिलेसम्म नेपालमा भएको ऐन कानुनले पुरूषलाई भन्दापनी महिलालाई बढी महत्त्व दिएको थियोे ।बढी कानुनले अधिकार पनि महिलालाई नै प्राथमिकता दिएको कारणले समाजमा पुरूषले चाहेर पनि सम्बन्ध बिच्छेद गर्न पाउदैन थियो ।यदि सम्बन्ध बिच्छेद गरिहाल्नु पर्ने भएमा महिलाको माग बमोजिम सम्पत्ति अंश सबै कुरा दिएर मात्रै छुटकारा पाउथ्थाे ।

नेपालमा धेरै बर्षसम्म महिलाको अधिकारकाे बारेमा बढी चर्चा परिचर्चा भए पनि त्यो समयमा नेपालमा धेरै पुरूषहरू महिलाबाट अन्यायमा परेको भए पनि त्यो कुरा सामान्य रूपमा मात्रै बाहिर अाउने गरेको थियो ।नयाँ मुलुकी ऐन २०७४ यहीँ भाद्र १ गतेदेखि लागू भए पछि भने नेपालका पुरूषहरू लाई पनि अाफ्नाे श्रीमती संग सम्बन्ध कायम राख्न सक्ने अबस्था नभए सजिलोसँग सम्बन्ध बिच्छेद गर्ने अधिकार दिएको छ ।साच्चै भन्ने हाे भने हामीकहाँ महिला मात्रै हैन पुरूषहरू पनि धेरै पिडामा थिए नत कानुन नै प्रभावकारी थियोे नत समाजमा बाेलिदिने बर्ग नै काेही थियो ।

साच्चै ऐन कानुन भनेको सबैकाे लागि समान हुनुपर्ने हाे तर त्यो पनि बिभेदकारी भएको भनेर भित्री रूपमा चर्चा भए पनि खुलेर बाेल्ने हिम्मत कसैको थिएन । अहिले मुलुकी ऐन अाएपछि भने बागलुङ जिल्लामा पनि श्रीमती संग सम्बन्ध बिच्छेद गरि पाम भनेर पहिलोपटक जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ यसलाई सकारात्मक कदम मान्नुपर्छ ।

साच्चै मुद्दा मामिला गर्नु राम्रो पक्ष अबश्य हैन तर हिजोको दिनमा समाजमा महिलालाई जति अधिकार कानुनले दिएको थियोे त्यसको तुलनामा पुरूषलाई थिएन भनेर निरधक्क संग भन्न सक्ने अाधार छ ।महिलालाई दिएको अधिकार कित धेरै भयो कित अधिकार नै के हाे भनेर बुझ्न सकेको देखिएन ।समाजका केही ताथाबाथा महिलाले गाउँ घरका सिधासाधा महिलालाई उचालेर अाफ्नाे श्रीमानकाे बिराेधमा प्रयोग गर्ने काम गरेको धेरै घटना सबैलाई थाहा भएको बिषय हाे ।एकातिर महिला हिंसा भयो भनेर प्रहरी प्रशासनमा मुद्दा दर्ता गर्ने अर्कोतिर पुरूष संग पैसाको लेनदेन गरेर मिलाेमताे गर्ने गरेको कारणले पनि कागजी रूपमा मात्रै हिंसा घटेको थियो ।

अहिले नयाँ मुलुकी ऐन नयाँ ढंगले लागू गर्ने भनिएको छ अहिले नयाँ मुलुकी ऐन कानुन अाएपछि भने नयाँ तरङ्ग अाएकाे छ ।अहिले गाउँ गाउँमा शहर बजार देखि राजधानी सम्म चर्चा छ भने अहिले सरकारले ल्याएको नयाँ मुलुकी कार्यबिधि ऐन कै छ । अहिले जिल्ला जिल्लामा श्रीमतीको बिरूद्द अदालतकाे ढाेकामा मुद्दा लिएर जाने हिम्मत मात्रै गरेका छैनन् साच्चै अन्यायमा पनि थुप्रै पुरूषहरू छन् भन्ने कुरा अहिले घटना क्रमले देखिएको छ ।

अहिले जेजस्तो कुरालाई पनि उहीँ अार्थिक लेनदेन कै अाधारमा तुग्याउने जुन प्रचलन थियो त्यसले पनि धेरै पुरूष अार्थिक मारमा परेका थिए ।साच्चै श्रीमती र श्रीमानकाे सम्बन्ध भनेको पबित्र सम्बन्ध हाे पहिला जमानामा यसलाई जति गम्भीर रूपमा हेर्ने गरिन्थ्यो अाजकल हलुका ढंगले हेर्ने चलन चलेको छ ।

समाजमा एकपछि अर्को बिकृती भित्री रहेको छ सम्बन्ध लाई पबित्र भावनात्मक रूपमा नलिइकन मात्रै अार्थिक हिसाबकिताब संग जाेडेर हेरिन थाल्यो ।अहिले समस्या एकातिर छ समाधान अर्कोतिर खाेज्ने काम गरेको कारणले पनि समस्या अाएकाे हाे । अहिले अाएकाे नयाँ मुलुकी ऐन भन्दा ठूलो हाम्रो समाज हाे परिवार हाे यसलाई मात्रै साधनको रूपमा प्रयोग गर्ने काम गर्नु जरुरी छ यसलाई हतियारकाे रूपमा प्रयोग गरेमा धेरैकाे घर वार भताभुंग हुन जानेछ यसतर्फ पनि सबै सचेत हुन जरुरी छ ।सबैभन्दा ठूलो कुरा श्रीमान श्रीमतीमा बिश्वासकाे सम्बन्ध हाे यो रहदा सम्म अर्को थाेक केही पनि हैन यदि सम्बन्ध कायमै रहन सक्दैन भनेमात्र सम्बन्ध बिच्छेद हाे यो गर्ने अधिकार अहिले महिला पुरूष दुबै जनालाई दिएको छ यसलाई सहि रूपमा प्रयोग गराै ।

प्रतिक्रिया दिनुहोस्