हामीले वानपा ७ मा सुविधा सम्पन्न स्वास्थ्य चौकीको कल्पना गरेका छौ । स्वास्थ्य , शिक्षा , सडक र सञ्चार र खानेपानी जस्ता आधारभुत आवश्यकता परिपुर्ति गर्नु हाम्रो पहिलो प्राथामिकता रहेको छ । वडा अध्यक्ष खगराज पाण्डेले बताए । स्वास्थ्य चौकी बनाउनका लागि कालिमाटिमा चार रोपनी जग्गा प्राप्त भएको छ ।
६० लाख मुल्य पर्ने जग्गा मुलपानी माविका पुर्व प्रअ मेघराज पाण्डेयद्धारा प्रदान गर्नु भएको छ । अब भवन बनाउन नेपाल सरकारले बजेट दिन्छ वडा अध्यक्ष पाण्डेले जानकारी दिए ।
म वडा अध्यक्ष्यमा निर्वाचित भएर आएपछि जेष्ठ नागरिकलाई भत्ता बुझ्न टाढा टाढासम्म जानु पर्ने समस्याको अन्त्य भएको छ । हामीले घर घरमै भत्ता पाउने व्यवस्था मिलाएका छौ । यो व्यवस्थापछि जेष्ठ नागरीकहरुलाई धेरै सहज भएको छ ।
वडा न ७ मा खानेपानीको धेरै समस्या थियो । यसको समाधान अन्तरर्गत हामीले गत वर्षको विकास कार्यक्रम अन्तरर्गत १ घर १ धाराको कायक्रम ल्यायौ । जस अन्तर्गत ढिकीचौर गाँउमा १०७ घरमा धारा पुगेको छ , कालिमाटि गाउँमा पनि १२० घरमा धारा पुगेको छ , हर्राचौर गाँउमा ९७ घरमा धारा पुगेको छ ।
तितौरे मावि पालामा वडा कार्यालय माफर्त १ जना शिक्षकलाई तलब वापतको रकम गएको छ । विश्वकर्मा माविका विद्यार्थिहरुलाई कृषि खेती व्यवहारिक ज्ञानको लागि ४५ हजार र विद्यालयको तारबारलाई १ लाख ५० हजार उपलब्ध गराइएको छ ।
वडामा सडक संजाल मार्फत जोड्नको लागि वानपा ७ कालिमाटिदेखि काठेखोला गाँउपालिका वडा न १ खहरेसम्म ७ किलो मिटर ट्राक खोलियो भने ७० लाख बजेटमा ३०० मिटर ढलान गरिएको छ । त्यसै गरि १२ लाख बजेटमा वानपा ७ पानीबन्ददेखि वानपा ७ तितौरेसम्म सडक ढलान गरिएको छ ।
सडकलाई हामीले प्राथमिकतामा राखेका छौ । बागलुड बजारदेखि वानपा ७ हुदै काठेखोला गाउपालिका ,ताराखोला गाउपालिका हुदै यो सडकलाई हामी सबै मिल्यौ भने ढोरपाटन पुरयाउन सकिन्छ वडा अध्यक्ष पाण्डेयले बताए । यो संजालले सबै वडा ,गाउपालिका र नगरपालिका जनताको जीवनस्तर विस्तारै माथि उठ्छ ।
युवाहरुको खेलकूद प्रतिको चाहानालाई ध्यानमा राखेर तितौरे गाँउमा एउटा खेलकुद मैदान ,बाटुलेमा एउटा खेलकुद मैदान र मालिका एउटा खेलकुद मैदान स्थानीय जनताको सहभागिता र वडाको चार लाख बजेटमा तयार भएको छ । वडाको पाच वटा मन्दिरलाई सोलारबत्ति प्रदान गरिएको वडा अध्यक्ष पाण्डेले बताए । वडाका महिलाहरुलाई कृषि खेती तर्फ आर्कषित गर्न ढिकिचौर र हर्राचौरको दलित बस्तीमा अदुवा खेतीको अभियान सुरु भएको छ ।













































































































































































































