७ जेष्ठ २०८१, सोमबार

 

तीन दिनदेखि सम्पर्क विहीन खेलाडी मृत भेटिए

तीन दिनदेखि  सम्पर्क बिहीन म्याग्दीको धवलागिरी गाउँपालिका ४ खाम्लाका एक युवाको बिहीबार शव भेटिएको छ ।मंगलबार साँझदेखि सम्पर्क   बिहीन भएका २५ वर्षीय मन बहादुर खड्का खाम्ला देखि ताकम जाने बाटोमा पर्ने भिरमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव भेटिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय दरवाङको टोली घटनास्थलतर्फ गएको छ ।

खड्काको शव परिक्षणका लागि बेनी स्थित अस्पतालमा ल्याइने प्रहरीले जनाएको छ । खड्काको मृत्युको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । मृतक खड्का भलिबल खेलाडी थिए । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले खड्काले गाउँपालिकाको प्रतिनिधित्व गरेर जिल्ला स्तरीय भलिबल प्रतियोगितामा सहभागी भएका बताए ।

प्रतिक्रिया दिनुहोस्