७ जेष्ठ २०८१, सोमबार

 

तिहार लाग्यो बजारमा पटका पड्कन थाले, प्रहरीले सुन्यो कि सुनेन ?

नेपालीहरुको दोस्रो ठूलो चाड दिपावली नजिकिसँगै कुश्मा बजारमा चहलपहल बढेको छ । कुश्मा बजारमा तिहारको लागि आवश्यक पर्ने सामाग्रीहरुको विक्रिवितरण पनि ह्वात्तै पढेको छ ।

व्यापारीहरुले यहि मौकामा तेल, चिनि, विभिन्न प्रकारका मिठाईहरुमा महङ्गी बढाएका छन् । सरकारले विभिन्न संस्थामा सहुलियत पसल राखेपछि पर्वतमा भने छैन । बजारको अनुगमनमा कडाई नहुदाँ पनि बजारमा व्यापारीहरुको मनोमानी बढेको छ ।

तिहारको रौनकता छाएसँगै बजारमा पटकाको आवाज पनि गुन्जिन थालेको छ । तिहारमा विभिन्न प्रकारका पटकाहरु बालबालिकाले प्रयोग गर्दै आउने गरेका छन् । छिमेकी राष्ट्र भारतमा पटकाको प्रयोगलाई बन्देज नगरेपनि नेपालमा भने पूर्ण रुपमा पटकाको प्रयोगलाई दण्डनीयनै मानिएको छ । तर, भारतबाट बर्षेनी लाखौको पटका भित्री गोप्य मार्ग हुदैँ भित्रिने र त्यसको प्रयोग हुने गरेको छ ।

कुश्मा बजारमा तिहार नजिकिएसँगै पटको आवाजहरु सुनिन थालेको छ । पटकाजन्य विष्फोटक पदार्थको प्रयोगमा रोक लगाएपनि गैरकानूनी रुपमा भित्रिएको पटका बजारमा लुकिछिपि विक्रिवितरण हुने गरेको छ ।

जसका कारण पनि पटकाको आवाजहरु सुनिन थालेको हो । जिल्ला प्रशासन कार्यालय पर्वतले पटका, भुइचम्फा लगायतका विस्फोटक पदार्थको प्रयोग नगर्न सूचना जारी गरेको छ तर कुश्मा बजारमा पटकाको आवाजले गुन्जायमान हुन थालेको छ । प्रहरीले भने अहिलेसम्म पटका भित्राउने र प्रयोग गर्नेहरुको पहिचान गर्न र कारवाही गर्न भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्