११ कार्तिक २०८३, मंगलवार

 

बागलुङ ताराखोलाका ५ युवाले थाले व्यवसायिक नेपाली कागजको उत्पादन

बागलुङ/ताराखोलाका युवाहरु कागज उत्पादनमा सक्रिय भएर लागेका छन् । सामान्य कृषि पेशामा लागेका उनीहरुले व्यवसायिक काम थालेका हुन् । गाउँघरमै पाईने कच्चा पदार्थबाट उद्योग संचालन गर्न पाउने भएपछि यो पेशा रोजेको उनीहरुले बताए । तारखोला गाउँपालिका ५ सिपका हर्कबहादुर घर्ती सहित तुलसी घर्ती, लिलाबहादुर रोका, केशरबहादुर घर्ती र खिमबहादुर घर्तीलेले सामुहिक रुपमा कागज उत्पादनको काम थालेका हुन् ।

बिहानै देखि जंगलबाट ल्याएको बरुवा कुट्ने, मसिनो भएपछि कागज बनाउने र दिनभर सुकाउने उनीहरुको दैनिकी भएको छ । तमसुक, मुद्दा लगायतका महत्वपूर्ण काममा प्रयोग हुने नेपाली कागज बिक्रिका लागि बजार खोज्दै हिड्नु पर्दैन । त्यसका लागि बागलुङ उद्योग बाणिज्य संघले होलसेलमा खरिद गरिदिने व्यवस्था मिलाएको छ ।

पाँच युवाको सामुहिक लगानी

घर्ती स“गै यहा“का अरु ५ जना युवापनि कागजकै काममा खटिएका छन् । एक गाउ“ एक उत्पादन अन्र्तगत यहा“को ताराखोला गाउ“पालिका नेपाली कागजको उत्पादनमा अब्बल देखिएपछि यो काम शुरु भएको हो । ‘हाते कागजको माग अत्याधिक छ, प्रशोधन गरेर बजारमा पठाउन पनि पाईने, जिल्लाकै पहिचान पनि बढ्ने भएकोले लगानी गरेका छौं’ बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले भने, ‘लगानी बढाएर किसानलाई पनि व्यवसायिक बनाउन खोज्दैछौं ।’ नियमित काम गर्दा किसानहरुले मनग्ये कमाई गर्न सकिने वातावरणकालागि लगानी थप्ने उनले बताए ।
उत्पादनको काम थालिएको छ ।

४ लाखको मेशिन सहयोग

बरुवा जातको बोटबिरुवा प्रसस्त पाईने भएकोले संघले ताराखोलालाई कागज उत्पादनका लागि छनौट गरेको हो । किसानले प्रति धार्नी २ सय रुपैया“मा बरुवा खरिद गर्छन् । त्यसबाट बनाईने कागज प्रति गोटा ३० रुपैया“मा संघले खरिद गर्ने सम्झौता भएको छ । किसानले स्थापना गरेको डुडेलेक हातेकाजग उद्योगलाई रोजगारमुखी बनाउन लगानी थप्न लागिएको भारीले बताए । हाल यहा“ झण्डै ४ लाख रुपैया“को मेसिन र मोटर संघले सहयोग गरेको छ ।

एकपटकमा २ सय कागज उत्पादन गर्ने लक्ष्य

एकपटकमा २ सयवटा कागज उत्पादन गर्ने सा“चो बनाइएको छ । हरेक दिन दुइपटक सम्म गरी ४ सय कागजका थान उत्पादन गर्न सकिने व्यवस्था छ । ‘सा“चो थप्ने, बरुवाको उत्पादन र आयात बढाउनेहो भने एकैपटक १० जना युवाले रोजगारी पाउन सक्छन्’ रोकाले भने, ‘हामीले बजार खोज्न जान नपरेमा आम्दानी पनि राम्रो हुन्छ ।’ सदरमुकाम सहित काठमाण्डौका विभिन्न संस्थाले माग गरेकोले कागजको खपत सहजै हुने अनुमान उनीहरुले गरेका छन् । सदरमुकाम आउजाउ टाढा भएकोले संघले ढुवानी खर्च व्यहोर्दा किसानलाई सहज हुने रोकाले बताए ।

यस अघि पनि यहा“ परंपरागत रुपमा कागज उत्पादन भैरहेको थियो । उक्त उत्पादनले स्थानीय बजारको आवस्यकता पुरा गर्न सकेको थिएन । संघले कागजकै जिल्ला बनाउने लक्षले लेखानी, ताराखोला र तमानमा पनि उत्पादन बढाउन लगानी गर्ने तथा किसानलाई प्रोत्साहन गर्ने योजना बनाइएको संघका उपाध्यक्ष नरेश कंडेलले बताए । ‘

उत्पादन स“गै किसानको हातमा नगद पर्ने व्यवस्था गरियो भने उत्साह थपिन्छ’ कंडेलले भने, ‘त्यसका लागि बजार खोज्ने र कागजका अन्य सामाग्री बनाउने काममा थप लगानी गर्न जरुरी छ ।’ डायरी बनाएर आर्कषक रंग भर्न सकेमा नेपाली कागजका सामानमा दोब्बर फाइदा हुने उनले बताए । कागजको काम गर्न निरन्तर खट्ने युवाको आवस्यकता पर्छ ।

मौसमले प्रभावित हुन सक्ने

चिसो मौषम भएकोले बाह्रै महिना जंगल जाने, बरुवा काटेर ल्याउने काम सजिलो छैन । गर्मी मौषममा संकलन गरेर जाडो मौषममा घरभित्र काम गर्ने गरी तयारी गर्दा सफल भइने घर्तीले बताए । ‘घरेलु उद्योग संचालनमा सरकारले लगानी बढाउनुपर्ने, बजार खोजी र उचित मूल्य पाउने वातावरण बनाउनुपर्नेछ’ घर्तीले भने, ‘काम गर्न प्रोत्साहन दिने हो भने युवाहरु पलायन हुने क्रम पनि रोकिन्छ ।’ साथै व्यवसायिक कृषि, तरकारी उत्पादन जस्ता काममा पनि जिल्लाका व्यवसायीले लगानी गरेर युवालाई काम गर्न प्रोत्साहित गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung