१२ कार्तिक २०८३, बुधबार

 

नेपाली काग्रेस बागलुङको शुभकामना एवं चियापान सम्पन्न

नेपाली काग्रेस बागलुङको आयोजनामा शुभकामना एवं चियापान कार्यक्रम सम्पन्न भएको छ । दशै,तिहार,नेपाल सवंत,छठ पर्वको अवसरमा नेपाली काग्रेसले शुभकामना एवं चियापान कार्यक्रम गरेको हो ।

शुभकामना एवं चियापान कार्यक्रममा बोल्दै नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले चाडपर्वले नेपालीहरुबिच सदभाव,एकता,सहिष्णुता कायम गरेको बताउनुभयो । उहाँले यस्ता खाले चाडपर्वले मौलिक धार्मिक एवं साँस्कृतिक,सामाजिक एकताका साथै एक आपसमा सुख,शान्ति समृद्धि कायम गरेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य,प्रदेशसभाका सदस्य,स्थानीय तहका जनप्रतिनिधि लगाए बिभिन्न राजनैतिक दलका प्रमुख ,सरकारी कार्यालयका प्रमुख,सघंसस्थाका प्रमुख एवं प्रतिनिधि पत्रकार लगाएत अन्य व्यक्तिहरुको सहभागीता रहेको थियो ।

नेपाली काग्रेसले हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण आज गरेको छ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काग्रेसले उक्त कार्यक्रम गर्दै आएको छ ।

नेपाली काग्रेसले केन्द्रीय कार्यालयसहित ७४ जिल्लाभर शुभकामना एवं चियापान कार्यक्रम आयोजना गरेको छ । बागलुङमा भएको शुभकामना कार्यक्रमको संचालन नेपाली काग्रेसका जिल्ला सचिव नवराज पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung