७ जेष्ठ २०८१, सोमबार

 

युनियन संघले ग¥यो कर अधिकृत चापागाईलाई बिदाई

कात्तिक १७,सरुवा भई काठमाडौं जान लागेका आन्तिरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत सुर्य प्रसाद चापागाईलाई नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङले एक कार्यक्रमका बिच विदाई गरेको छ ।

संघका सल्लाहकार समेत रहेका चापागाई विगत २ वर्ष देखी तत्कालिन करदाता सेवा कार्यालयका कार्यालय प्रमुख समेत रहेका छन । कार्यक्रममा बागलुङमा कार्यरत रहँदा चापागाई पु¥याएको योगदानको बारेमा चर्चा गरिएको थियो । साथै विदाई भै जान लागेका चापागाईले बागलुङबाट पाएको मायाँ देशका जुन कुनै स्थानमा गए पनि भुल्न नसकिने रहेको बताएका छन ।

उनले सवैको सहयोगले आफ्नो कार्यअवधि निकै राम्रो सँग गएको भन्दै आफुले पनि आगामी दिनमा बागलुङको युनियन संघलाई कहिलै नभुल्ने बताएका छन । नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङका कार्यबहाक अध्यक्ष देवप्रकाश घिमिरेको अध्यक्षता सदस्दय दिनेश शर्माको स्वागत र सह–सचिव नारायण पौडेललको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसै गरी अफिर्सस क्लब बागलुङ र बागलुङ उद्योग बाणिज्य संघले पनि एक कार्यक्रमका विच विदाई गरेका छन ।

प्रतिक्रिया दिनुहोस्